नवलपुरमा प्रेस युनियनको प्यानल नै विजयी - Butwal Online
नवलपुरमा प्रेस युनियनको प्यानल नै विजयी

सदिक्षा गैरे
कावासोती १८ फाल्गुन नेपाल पत्रकार महासंघ नवलपुरको रिक्त रहेको पदहरुमा भएको निर्वाचनमा नेपाल प्रेस युनियनको प्यानल नै बिजयी भएको छ ।


आज सम्पन्न निर्बाचनमा उपाध्यक्षमा श्रीराम सिग्देल , सचिबमा प्रेम न्यौपाने , सहसचिबमा शारदा झेडिमगर बिजयी हुनुभएको छ । सिग्देल ले ५१ मत प्राप्त गर्नु भयो भने पोखरेलले ५० मत प्राप्त गर्नु भयो । यसै गरि सचिबमा न्यौपाने ले ६७ मत प्राप्त गर्दा डुम्रे ले ३३ मत प्राप्त गर्नु भयो । सहसचिबमा झेडिमगरले ५६ मत प्राप्त गर्दा गुरुङ ले ४३ मत प्राप्त गर्नुभयो ।



यसै गरि सदस्यहरुमा मुना दाहाल ६९ मत , राज चापागाई ५६ मत , सन्जय भट्टराई ५५ मत , कृष्णकुमारी ढकाल ५४ मत , बिबेक भण्डारि ६६ मत , श्रीधर उपाध्याया ५८ मत प्राप्त गरि बिजयी हुनु भएको छ । यश अघि नै जनजाती सदस्यमा युनियन्कै सहज राना मगर सर्बसम्मत बिजयी हुनुभएको थियो । जम्म्मा १११ मतदाता रहेको नवलपुर शाखामा १०१ मत खसेको थियो । निर्बाचित पधाधिकारिहरुको घोषणा आजै गरिएको निर्बाचन अधिकृत भुपेन्द्र भट्टराई ले जानकारी दिनु भयो ।
यो निर्बाचन सङै नेपाल पत्रकार महासंघ नवलपुर ले पुर्णता पाएको छ ।

बुटवल अनलाइन संवाददाता

लेखक बाट थप

प्रतिक्रिया

सम्बन्धित समाचार