चन्दा उठाएर गुल्मीको अर्खाबाङ्गमा एम्बुलेन्स - Butwal Online
चन्दा उठाएर गुल्मीको अर्खाबाङ्गमा एम्बुलेन्स

वुटबल, २० फागुन । गुल्मी मालिका गाउँपालिका ४ अर्खाबाङ् रुपन्देही सम्पर्क समाजले एम्वुलेन्स संचालनमा ल्याउने भएको छ । समाजको सकृयतामा १ सय ७० भन्दा बढी सहयोग दाताहरुबाट रकम संकलन गरी १२ लाख ५० हजार लागतमा एम्बुलेन्स खरिद गरिएको समाजका अध्यक्ष विरेन्द्र अर्याले जनाकारी दिए ।


गाउँमा सुत्केरी हुने महिला, भिरबाट लड्ने तथा तत्काल अस्पताल पुराउनु पर्ने विरामीहरुका लागि गाउँमा एम्बुलेन्स सुविधा नहुंदा अकालमै ज्यान गुमाउनुपर्ने अवस्था अन्त्य गर्ने उद्देश्यले एम्बुलेन्स संचालनमा ल्याउन थालिएको अध्यक्ष अर्यालले बताए ।
एम्बुलेन्स अर्खवाङ स्वास्थ्य चौकीले व्यवस्थापन गर्ने गरी हस्तान्तरण गरिने समाजका सल्लाहाकार उमेश रेग्मीले बताए ।
समाजले फागुन २५ गते बृहत सांस्कृतिक कार्यक्रम गरी एम्वुलेन्स हस्तान्तरण गर्ने भएको छ । गाउंमा पहिलोपटक एम्बुलेन्स सुविधा पुगेको खुशियाली साट्न सांस्कृतिक कार्यक्रम समेत आयोजना गरी राष्ट्रिय स्तरका कलाकारहरुबाट मनोरन्जन प्रदान गरिने अध्यक्ष अर्यालले बताए । अर्खवाङ्गमा एम्बुलेन्स सेवा नहुँदा विरामीहरु बस जीपमा कष्टकर यात्रा गरेर स्वास्थ्य संस्थामा जानुपर्ने वाध्यता थियो । अर्खाबाङ्ग गुल्मीको सदरमुकाम तम्घासबाट ४० किलोमिटर पश्चिममा पर्छ । एम्बुलेन्स हस्तान्तरण कार्यक्रममा एम्बुलेन्स किन्नका लागि आर्थिक सहयोग गर्ने सबै सहयोगदाता र अर्खाबाङ्ग ४ का ९४ वर्षीय वृद्ध सबिराम बुढालाई पनि सम्मान गर्ने समाजका उपाध्यक्ष प्रेम बहादुर अर्यालले बताए । कार्यक्रममा राष्ट्रिय कलाकार बिमलराज क्षेत्री,बिष्णु खत्री, सन्तोष लम्साल,पवित्रा सर्तुङ्गे मगर, तिलक शाही ठकुरीका साथै स्थानिय कालकारको प्रस्तुति रहने छ । सम्र्पक समाजको स्थापना २०७४ मा भएको थियो ।

बुटवल अनलाइन

लेखक बाट थप

प्रतिक्रिया

सम्बन्धित समाचार