बुटवलमा जारी राष्ट्रिय दोहोरी गित प्रतियोगितामा दर्शकहरुको आर्कषण बढ्दै - Butwal Online

बुटवल, २० कार्तिक । बुटवलमा जारी पाँचौ अर्ना राष्ट्रिय रनिङशिल्ड दोहोरी गित प्रतियोगितामा दर्शकहरुको आर्कषण बढ्दै गएको छ । दोहोरी गित प्रतियोगितामा सोमबार छनोट चरणका प्रतिस्पर्धा भएका छन् । बुटवल मण्डपमा जारी प्रतियोगितामा सोमबार ६ टिमले प्रतिस्पर्धा गरेका थिए ।



आगामी २५ गते सम्म संचालन हुने उक्त प्रतियोगिता विगतका वर्षहरूमा राजधानीमा हुँदै आएको यो प्रतियोगिता पहिलो पटक राजधानी बाहिर पहिलो पटक आयोजना भएको हो ।

प्रतियोगितामा देशभरका २ हजार बढि कलाकारहरूको सहभागिता भएको छ । दोस्रो दिनको दोहोरी गित प्रतियोगितामा ५ हजार भन्दा बढि दर्शकहरुको उपस्थिती रहेको आयोजकले दावी छ ।

प्रतियोगितामा प्रथम हुनेलाई २ लाख, द्वितीय हुनेलाई १ लाख बिस हजार, तृतीय हुनेलाई ७० हजार र सान्त्वना हुनेलाई ३५ हजार रूपैया पुरस्कारको व्यवस्था गरिएको छ । त्यस्तै उत्कृष्ट गायक गायिकालाई जनही १५ हजार रूपैया पनि प्रदान गरिने आयोजकले जनाएको छ । यसै बीच दोहोरी प्रतियोगिताकै अवसर पारेर मणिमुकुन्द भलिवल क्लबको आयोजनामा भोली देखि हुन लागेको प्रदेशस्तरीय भलिबल प्रतियोगिताको तयारी पुरा भएको छ । १२ जिल्लाका खेलाडीहरूको सहभागिता रहने प्रतियोगिता ३ दिन सम्म चल्नेछ । खेल अवलोकनका लागि अस्थायी प्याराफिट निर्माणको काम सम्पन्न भइसकेको क्वलका अध्यक्ष मिलन थापाले जानाकारी दिए ।

बुटवल अनलाइन संवाददाता

लेखक बाट थप

प्रतिक्रिया

सम्बन्धित समाचार