सरकारको आधार बर्ष सफल भयोः घनश्याम भुसाल - Butwal Online
सरकारको आधार बर्ष सफल भयोः घनश्याम भुसाल

नरेश के.सी.
भैरहवा, फागुन २१ । नेकपा स्थायी कमिटी सदस्य घनश्याम भुसालले सरकारको आधार बर्ष सफल भएको बताएका छन् । उनले धेरै समय पछि निर्माण भएको स्थायी सरकार नै सबै नेपालीको समृद्धिको आधार भएको तर्क गर्दै चालु आधार बर्ष तयारीको बर्ष भएको उल्लेख गरे ।



उनले अबको ४ बर्ष भित्र सरकारले जनकांक्षा अनुसार काम गर्ने उल्लेख गर्दै जनताको माग र आकांक्षा पनि जायज नै नभएको बताए ।
उनले सरकारले आर्थिक उन्नतीकोलागी खुट्टा टेकेमा केही बर्षमै नेपाल, चीन र भारतले जस्तै आर्थिक समृद्धिमा फडेको मार्ने पनि बताए ।
सांसद भुसालले अबको शैक्षिक नारा सबैकोलागी शिक्षा, गुणस्तरीय शिक्षा हुनुपर्ने बताएका पनि छन् । रुपन्देही क्याम्पस भैरहवाको २८ औं बार्षिक उत्सव समारोहलाई मंगलबार विहान सम्बोधन गर्दै संघीय ससदका सांसद समेत रहेका भुसालले भने , ‘संविधानले नै शिक्षालाई मौलिक हकको रुपमा स्थापीत गरेको छ ।

हाम्रो संविधानले समाजबाद उन्मूख शिक्षाको समेत प्रस्ट उल्लेख गरेको छ । यस्तो अवस्थामा शैक्षिक गुणस्तरीयता मुख्य हुने गर्दछ । ’ उनले ०३८ साल ताका प्रचण्ड बुढाथोकीले सृजना गरेर गाएको गीत ‘हेर देशको हालत कस्तो छ, छाति चिरी हेर जस्तो छ ।।’ भन्ने गीतको सन्दर्भ समेत चर्चा गरेका थिए ।


नेता भुसालले मुलुकमा अहिले भित्रीने रेमिटयान्सको चर्चा गर्दा ७५ प्रतिशत पुर्णतया अदक्ष जनशक्तिको आर्जन, २४ प्रतिशत अर्धदक्ष जनशक्तिको आर्जन र केबल १ प्रतिशत मात्रै दक्ष जनशक्तिको आर्जन भएको उल्लेख गदै व्यवहारीक र बैज्ञानिक शिक्षामा सबैको ध्यान जानु पर्ने पनि बताए । उनका अनुसार अहिले सालाखाला १० खर्ब रेमिट्यान्स भित्रीरहेको छ । क्याम्पस व्यवस्थापन समितीका अध्यक्ष डा.रामप्रसाद बस्यालको अध्यक्षता, डिल्लीराज भट्टराईको सन्चालनमा भएको कार्यक्रममा प्रदेश सभा सदस्य सन्तोष कुमार पाण्डेले राजनीति गर्ने व्यक्तिकोलागी पनि निश्चित तहको कक्षा अनिवार्य रुपमा उत्तिर्ण गरेको व्यवस्था नया शीक्षा नीतिमा लागु गर्नुपर्ने बताए ।

उनले भने , ‘यो देशमा चिकित्सक बन्न, ईन्जिनियर बन्न, शिक्षक बन्न निश्चित कक्षा पास गर्नुपर्ने तर राजनीति गर्न केही पनि नपढेको हुने हुदां देशमा राजनीतिक बेथिती बढको हो । ’ सिद्धार्थनगरका प्रमुख हरि प्रसाद अधिकारीले वर्तमान अवस्थामा नैतिक शिक्षाको जरुरी रहेकोले त्यस तर्फ राज्यले ध्यान दिनुपर्ने बताए । कार्यक्रममा विभिन्न संघसंस्थाका प्रमुखले मन्तब्य राख्दै देशमा नैतिक शिक्षाको खडेरी परेकोले नैतिक, व्यवहारीक र बैज्ञानिक शिक्षामा सबैको ध्यान जानुपर्ने बताएका थिए ।

बुटवल अनलाइन संवाददाता

लेखक बाट थप

प्रतिक्रिया

सम्बन्धित समाचार