जिल्ला खेलकुद विकास समिति बाँकेलाई तीन शुन्य ले हराउदै जिल्ला खेलकुद विकास समिति रुपन्देही विजयी (भिडियो) - Butwal Online

बुटवल, २१ फागुन । बुटवलमा छैठौ मणिमुकुन्द ५ नंं प्रदेश स्तरिय पुरुष भलिबल प्रतियोगिता सुरु भएको छ । मणिमुकुन्द भलिबल क्लवको आयोजनामा बुटवल मण्डपमा सुरु भएको प्रतियोगितामा प्रदेशका १० जिल्लाको सहभागिता रहेको छ । प्रतियोगिताको एक कार्यक्रमका बीच तिलोत्तमा नगरपालिकाका नगरप्रमुख बासुदेव घिमिरेले उद्घाटन गरे । सो अवसरमा बोल्दै उनले खेल क्षेत्रको विकासका लागि तिलोत्तमा नगरपालिकाले विभिन्न योजनाहरु अगाडि सारेको बताए ।

यसैबीच उद्घाटन खेलमा जिल्ला खेलकुद विकास समिति रुपन्देही विजयी भएको छ । लिग चरणमा खेलाईएको प्रतियोगितामा जिल्ला खेलकुद विकास समिति बाँकेलाई तीन शुन्यको सोझो सेटले हराउँदै जिल्ला खेलकुद विकास समिति रुपन्देही विजयी भएको हो ।

खेल र खेलाडिको क्षमता बृद्धि गर्ने उद्देश्यले आयोजना गरिएको प्रतियोगितामा प्रथम हुनेले नगद १ लाख १ हजार, द्धितिय हुनेले नगद ७१ हजार, तृतिय हुनेले नगद ४४ हजार र शान्तवना हुनेले २२ हजार सहित शिल्ड, मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन् । उद्घाटन कार्यक्रममा क्वलका बरिष्ठ सल्लाहकार टुक बहादुर क्षेत्री, राष्टिय लोक तथा दोहोरी गित प्रतिष्ठानका अध्यक्ष बद्री पंगेनी लगाएतले बोलेका थिए । कार्यक्रम क्वलका अध्यक्ष मिलन रानाको अध्यक्षतामा भएको थियो ।

बुटवल अनलाइन

लेखक बाट थप

प्रतिक्रिया

सम्बन्धित समाचार