प्रदेश न : ५ को स्थायी राजधानी र नामाकरण टुङ्गो लगाउने विषय लम्बियो - Butwal Online

बुटवल, २२ फागुन । प्रदेश नम्बर पाँचको स्थायी राजधानी र नामाकरण टुङ्गो लगाउने विषय लम्बिएको छ । प्रदेशको स्थानीय राजधानी र नामाकरण सम्बन्धी विशेष समितिको म्याद पुनः तीन महिना थप गरिएपछि यो विषय अझ लम्बिने भएको हो । यस विषयमा समितिको म्याद दोस्रो पटक थपिएको छ ।


प्रदेशसभाको बुधवारको बैठकले समितिको म्याद तीन महिना थप गरिएको सदनसमक्ष सभामुख पूर्णबहादुर घर्तीले जानकारी गराए । राजधानीका लागि जिल्लाहरूबाट आएका सुझावहरूको अध्ययन गरी विज्ञहरूसँग छलफल गर्न गरी प्रतिवेदन तयार पार्न समय लाग्ने भएकोले समितिको म्याद पुनः थप गरिएको हो । समितिले पहिलो तीन महिना काम नै नगरी बिताएको थियो ।

समितिको म्याद जेठ २६ गतेसम्मका लागि रहने छ । समितिको म्याद यही फागुन २६ गतेसम्मका लागि मात्र थियो । यही फागुन ९ गतेदेखि समितिले प्रदेशका १२ वटै जिल्लामा पुगेर जनता, राजनीतिक दल, पत्रकार, संघरसंस्थाका प्रतिनिधिहरूसँग सुझाव लिएर जिल्ला आइपुगेका छन् । समिति गएको साउनमा गठन भएको थियो । सहमति नभए दुई तिहाई बहुमतबाट प्रदेशको स्थायी राजधानी टुङगाउनुपर्ने संवैधानिक व्यवस्था छ ।
प्रदेश पाँचको स्थायी राजधानी र नामाकरणको विषय टुङगो लाग्ने विषय अब झनै लम्बिने देखिन्छ । प्रदेश पाँचका सत्तापक्षको दुई तिहाई मत छ । दुई तिहाई मत भए पनि मुख्यमन्त्री शंकर पोखरेलले यो विषय टुङ्गाउन चासो दिएका छैनन् । दाङबाट निर्वा्चित पोखरेलले दाङ नै राजधानी हुनुपर्नेमा देखिन्छन् ।

बुटवल अनलाइन

लेखक बाट थप

प्रतिक्रिया

सम्बन्धित समाचार