निर्धन उत्थान लघुवित्त वित्तीय संस्थाद्वारा ग्राहक सदस्यहरुको लागि वित्तीय साक्षरता तालिम सम्पन्न - Butwal Online

नवलपरासी । काठमाण्डौं नक्सालमा केन्द्रीय कार्यालय रहेको निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थाकाआफ्ना १२७ जना ग्राहक सदस्यहरुको सहभागितामा २०७५।११।२२ गते नवलपरासी जिल्लाको पाल्हीनन्दन गाउंपालिका मा “ग्राहक सदस्यहरुको लागि वित्तीय साक्षरता तालिम” सम्पन्न गरेको संस्थाका परासी शाखाका प्रमुख श्री रबिन्द्र कूमार बरईले जानकारी गराएका छन् । यस तालिममा प्रशिक्षक क्षेत्रिय कार्यालय भैरहवाका कार्यक्रम अधिकृत श्री प्रेम प्रसाद सूबेदी, सहजकर्ता श्री प्रकाश दत्त पनेरु रहेका थिए ।



एक परिवारमा एक जनाउद्यमी बनाउन संस्थाले पहल गरी रहेको, संस्थाले साढे दुई दशक देखि निरन्तर लघुवित्त सेवा दिई रहेको यस संस्थाबाट कर्जा लिई ब्यवसाय गरी धेरै घरपरिवार आर्थिक समुन्नत तिर अगाडि बढेको समेत संस्थाका कार्यक्रमअधिकृत श्री प्रेम प्रसाद सुबेदीले बताएका थिए । तालिममा सहभागीहरुलाई स्वागत गर्नुका साथै तालिमको उद्देश्यबारेमा संस्थाको परासी शाखा का प्रमुख रबिन्द्र कूमार बरईले प्रकाश पारेका थिए ।

पालिनन्दन गाउंपालिका का अध्यक्ष श्री बैजुप्रसाद गुप्ताले कार्यक्रमको उद्घाटन गर्दै निर्धन संस्थाले यस क्षेत्रमा लामो समयदेखी आर्थिक रुपान्तरणका लागी आफ्ना कार्यक्रम संचालन गर्दै आएकोमा धन्यवाद दिंदैं सम्पुर्ण ग्राहक दिदिबहिनीहरुलाई कर्जाको सहि सदुपयोग गर्दै थप आयआर्जनका लागी अग्रसर रहन आग्रह गर्नुभयो । गाउं पालिका संग पनि ग्रामिण जनताको जिबिकोपार्जनका लागी बिभिन्न तालिम कार्यक्रमहरु रहेकाले संस्था, जनता र गाउंपालिकाको संयूक्त हातेमालो बाट यहांका जनताको सामाजिक आर्थिक उन्नती हुने कुरामा स्वंम बिश्वस्त रहेको बताउनु भयो । पालिनन्दन गाउंपालिका वार्ड नं. ४ का वडाध्यक्ष श्री संजय कुमार पाठकले समेत सो कार्यक्रममा मन्तब्य राख्नु भएको थियो ।

यस तालिममा ग्राहक सदस्यहरुले वित्तीय साक्षरता तालिम एक परिचय, वित्तीय साक्षरताको महत्व, उद्देश्य, वित्तीय लक्ष्य निर्धारण, बचत परिचालन, कर्जा ब्यवस्थापन तथा कर्जा सदुपयोगिता, वित्तीय अनुशासन, सेवा सुविधाको छनौट प्रक्रिया तथा आम्दानी खर्च, जोखिम ब्यवस्थापन, बिमा, विप्रेषण सेवा, बचतको महत्व तथा बैंकको पब्लिक डिपोजिटको बारेमा जानकारी हासिल गरेको परासी शाखाका शाखा प्रमुख श्री रबिन्द्र कुमार बरईले बताएका थिए ।

बुटवल अनलाइन संवाददाता

लेखक बाट थप

प्रतिक्रिया

सम्बन्धित समाचार