एकै दिनमा २७ हजारले देवदह मेलाको अवलोकन गरे - Butwal Online
एकै दिनमा २७ हजारले देवदह मेलाको अवलोकन गरे

देवदह, २४ फागुन । देवदहमा लागेको पाँचौ राष्ट्रिय देवदह औद्योगिक ब्यापार मेला कृषि तथा पर्यटन महोत्सवमा शुक्रबार अहिलेसम्मकै धेरै दर्शकले मेलाको अवलोकन गरेको छन् ।



मेला लागेको आठौं दिन शुक्रबार अहिलेसम्मकै बढी दर्शकले मेलाको अवलोकन गरेको देवदह उद्योग बाणिज्य संघले जनाएको छ । मेला सचिवालय संयोजक हरि भण्डारीका अनुसार शुक्रबारमात्र २७ हजारबढी दर्शकले मेलाको अवलोकन गरेको बताउनुभयो । उहाँले मेलाका आँठौ दिनसम्म साढे एक लाख दर्शकले मेलाको अवलोकन गरेको बताउनुभयो । शुक्रबार नारी दिवस परेकाले दर्शको चाप थापि सक्नु नभएको आयोजकको भनाई छ । शनिबार पनि बिदाको दिन रहेकाले दर्शकको घुईचो शनिबार पनि बढ्ने आयोजकले बताएका छन् ।

‘उद्योग ब्यापार कृषि र पर्यटनको विस्तार देवदहको समृद्धिको आधार’ भन्ने नाराका साथ देवदहमा फागुन १७ गतेदेखि लागेको मेलामा स्थानीय औद्योगिक उत्पादन, घरेलु उद्योग, कृषिजन्य, हस्तकला, गार्मेन्ट पर्यटन, बैंकलगायतका ३ सयबढी स्टलहरु सहभागि भएका छन् । फागुन २८ गतेसम्म संचालन हुने मेलाको ३ लाख बढी दर्शकले अवलोकन गर्ने र १० करोड बढीको कारोवार हुने अपेक्षा आयोजकले गरेका छन् ।

मेलामा सेल्फि स्टेशन, ठुलो आकारको खुकुरी, विज्ञान प्रदर्शनी, विजय सालको जुस लगायतका स्टलहरु मेलाको आकर्षण रहेका छन् । शुक्रबार मेलामा लोकगायक प्रचण्ड जिसि, अस्मिता डिसि, प्रदिप त्रिपाठी, आधुनिक गायक प्रशान्त गैरे लगायतका कलाकारले साँस्कृतिक प्रस्तुती देखाएका थिए ।

यस्तै मेलाको नवौंदिन शनिबार लोक तथा रोईला गायक शिरिष देवकोटा, लोक गायिका जमुना राना, हास्य कलाकार माईलब बा, आधुनिक गायक भुपेन्द्र थापा लगायतका स्थानीय कलाकार तथा ब्याण्डको प्रस्तुती रहने बताइएको छ ।

बुटवल अनलाइन संवाददाता

लेखक बाट थप

प्रतिक्रिया

सम्बन्धित समाचार