पाल्पा जिल्लाको जब्गादीमा निर्धन उत्थानद्वारा ग्राहक सदस्यहरुको लागि वित्तीय साक्षरता तालिम सम्पन्न - Butwal Online

निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेड शाखा कार्यालय जब्गादी पाल्पाले संस्थाका आफ्ना ७३ जना ग्राहक सदस्यहरुको सहभागितामा २०७५।११।२८ गते पाल्पा जिल्लाको जब्गादी मा“ग्राहक सदस्यहरुको लागि वित्तीय साक्षरता तालिम” सम्पन्न गरेको संस्थाका जब्गादी शाखा कार्यालयका प्रमुख श्री सन्त बहादुर गुरुङ्गले जानकारी गराएका छन । यस तालिमका प्रशिक्षक निर्धन उत्थान लघुबित्त बित्तिय संस्था लिमिटेडका कार्यक्रम अधिकृत श्री प्रेम प्रसाद सुबेदी रहेका थिए ।

रामपुर नगरपालिका वार्ड नं. ९ का वडा अध्यक्ष श्री ईच्छा राम थापा सिंजालीको प्रमुख आतिथ्य र संस्थाकी ग्राहक सदस्य यम कुमारी श्रेष्ठको सभापतित्वमा कार्यक्रम सम्पन्न भएको थियो भने कार्यक्रमको संचालन संस्थाका जब्गादी शाखाका कर्मचारी श्री नवराज अर्यालले गरेको थिए ।

सो अवसरमा प्रमुख अतिथि श्री ईच्छाराम थापाले पैसाको महत्व बुझ्न सबैलाई आग्रह गर्दै कर्जाको सहि सदुपयोग गरि आम्दानी बढाउन आग्रह गरेका थिए । कार्यक्रमका मुख्य प्रशिक्षक श्री प्रेम प्रसाद सुबेदीले परिवारमा एक जना उद्यमी बनाउन संस्थाले पहल गरी रहेको, संस्थाले साढे दुई दशकदेखि निरन्तर लघुवित्त सेवादिई रहेको यस संस्थाबाट कर्जा लिई ब्यवसाय गरी धेरै घरपरिवार आर्थिक समुन्नततिर अगाडि बढेको बताउंदै सहभागीहरुलाई आफ्नो आम्दानीको केहि हिस्सा बचत गरि बचेको रकमलाई योजनाबद्ध ढंगबाट मितब्ययी बनेर खर्च गर्न अनुरोध गर्नुभयो । कर्जा तथा रेमिटान्स बाट प्राप्त रकमलाई उत्पादन मुलक कार्यमा लगानी गरि आम्दानी बढाउन तथा जब्गादीको हावा पानीमा कागती खेती, बाख्र्रा पालन का माध्यमबाट एक गाउं एक उत्पादन कार्यक्रम लाई सार्थकता दिन सामुहिक भावनाका साथ सबैले कार्य गरेमा पक्कै उत्पादित बस्तुको बजार ब्यवस्थापनमा समस्या नहुने र बस्तुको खरिद कर्ता गाउंमै आएर खरिद गर्ने अवस्था आउने हुंदा सोहि अनुसार परिवार तथा समुहमा छलफल गरि लगानी गर्नु हुन आग्रह गर्नू भयो ।

यस तालिममा ग्राहक सदस्यहरुले वित्तीय साक्षरता तालिम एक परिचय, वित्तीय साक्षरताको महत्व, उद्देश्य, वित्तीय लक्ष्य निर्धारण, बचत परिचालन, कर्जा ब्यवस्थापन तथा कर्जा सदुपयोगिता, वित्तीय अनुशासन, सेवा सुविधाको छनौट प्रक्रिया तथा आम्दानी खर्च, जोखिम ब्यवस्थापन, बिमा, विप्रेषण सेवा, बचतको महत्व तथा बैंकको पब्लिक डिपोजिटको बारेमा, संस्थाले प्रदान गरी रहेका सेवाहरु बारेमा जानकारी हासिल गरेको आदि बारेमा सहभागीहरुले जानकारी हासिल गरेका थिए ।

पाल्पा जिल्लाका पुर्ब खोला गाउंपालिका तथा रामपुर नगर पालिका भित्रमा संचालनमा रहेका बिभिन्न समुहहरुबाट कार्यक्रममा सहभागिता जनाउनु भएको थियो ।

संस्थाले २०७५ पौष मसान्त सम्ममा ३ लाख ३८ हजार २०० घर परिवारहरुमा सेवा विस्तार गरेको छ । संस्थाको २०७५ पौष मसान्त सम्ममा लगानीमा रहेको कर्जा रु. १७ अरब ०९ करोड रहेको छ भने ग्राहक सदस्यहरुको ९ अरब ६९ करोड बचत परिचालन गरेको छ । ब्यवसाय गरी रहेका संस्थाका ग्राहक सदस्यहरुलाई थप ज्ञान, सीप प्रदान गर्न यस तालिममा सहभागी गराईएको संस्थाका क्षे.का. भैरहवाका कार्यक्रम अधिकृत श्री प्रेम प्रसाद सुबेदी ले जानकारी गराएका थिए ।

बुटवल अनलाइन

लेखक बाट थप

प्रतिक्रिया

सम्बन्धित समाचार