बुटवल, ३० फागुन । विश्व मृगौला दिवस २०१९ को अवसरमा बुटवलमा बृहत् प्रभातफेरी गरिएको छ । बुटवलमा रहेको गौतमबुद्ध सामुदायिक मुटु अस्पतालले दिवसको अवसरमा प्रभातफेरी आयोजना गरेको हो । बुटवल १० रामनगर स्थित अस्पतालबाट सुरु भएको प्रभातफेरी ट्राफिकचोक पुगेर कोण सभामा परिणत भएको थियो ।

कोण सभामा बोल्दै प्रदेश न ५ का सामाजिक विकाश मन्त्रि सुदर्सन बरालले प्रदेशका सबै जनतालाई स्वास्थ्यको पहुचमा राख्ने गरि मन्त्रालयले योजना बनाइरहेको बताए ।  अस्पतालका अध्यक्ष एजाज आलमले नियमित मृगौला चेकजाँच गरे मृगौला सम्बन्धी रोगहरु बाट बच्न सकिने बताए ।
त्यसैगरी अस्पतालका निर्देशक डा. समिर गौतमले बढि मात्रामा तरल पदार्थ उपभोग गर्दा पनि मृगौला सम्बन्धी रोग कम हुने बताए ।

बुटवल अनलाइन

लेखक बाट थप

प्रतिक्रिया

सम्बन्धित समाचार