प्रदेशको समृद्धि र बिकासका लागि सबैले योगदान गर्न सके नमूना प्रदेश बनाउन सकिन्छ : मुख्यमन्त्री पोखरेल - Butwal Online

बुटवल, १ चैत । मुख्यमन्त्री संकर पोखरेल संग आज प्रमुख ब्यापारिक शहर बाँकेको नेपालगंजबाट आएको एक ब्यवसायीक तथा सामाजिक क्षेत्रका अगुवाहरुले मुख्यमन्त्री कार्यालयमा भेटघाट तथा छलफल गरेको छ ।


भेटमा मुख्यमन्त्री पोखरेलले प्रदेशको समृद्धि र बिकासका लागि सबैले योगदान गर्न सके प्रदेशलाई बास्तवमै नमूनाको रुपमा अगाडी बढाउन सकिने बताउनुभयो ।
उहाँले प्रदेशको बिकासका मुख्य आधार सरकारले कृषि क्षेत्रको ब्यवसायीकरण, बजारिकरण संग औद्योगिकिकरण गरेर प्रदेशको आर्थिक समृद्धि गर्न सकिने भएकाले कृषि क्षेत्रमा लगानी गर्न आग्रह गर्नुभयो ।
मुख्यमन्त्री पोखरेलले प्रदेशमा ब्यापारिक लगानीको वातावरण निर्माण गर्न प्रदेश सरकारले छिट्टै नै प्रदेशका ब्यवसायीहरुको सम्मेलन गरेर ब्यवसायीक वातावरण निर्माण गर्ने र प्रदेशमा बिदेशी तथा स्वदेशी लगानीको वातावरण तयार गर्न लगानी सम्मेलन गर्ने सरकारको तयारी रहेको समेत बताउनुभएको थियो ।
उहाँले प्रदेशको बिकासका लागि सरकार निजी क्षेत्रलाई साथमा लिएर अगाडी बढन तयार रहेको बताउदै निजी क्षेत्रले पनि परम्परागत ढांचामा भन्दा आ–आफ्ना ब्यवसायीक क्षेत्रलाई बिशिष्टिकृत र आधुनिकिकरणमा ढाल्न जरुरी रहेको बताउनुभयो ।
ब्यवसायीक रुपले आत्मनिर्भर बनाउन र उत्पादनलाई बजारमा पुर्याउन ट्रेडमार्कको रुपमा स्थापित गर्न सके बजारीकरणमा सहज हुने भएकाले त्यसतर्फ ध्यान दिन सुझाव दिनुभयो ।
उहाँले प्रदेश सरकारले बाँके र बर्दिया जिल्लालाई त्यहिको मौलिकता र बिशेषताका आधारमा बिकास गर्ने दीर्घकालिन योजना रहेको बताउदै यसमा सबै क्षेत्रको सहकार्य आवश्यकता रहेको बताउनुभयो ।
मुख्यमन्त्री पोखरेलले नेपालको आर्थिक बृद्धिदर उत्साहजनकरुपले उकालो लागिरहेको र आगामि बर्षमा यो झण्डै २ अंकको आर्थिक बृद्धिदर हांसिल हुने अबस्थामा उत्साहजनक अवस्था देखिएपनि नेपालका आर्थिक बिष्लेषकहरुले जनतामा निरासा पैदाहुने गरि बिष्लेषण गरिरहेको बताउनुभयो ।
उक्त अवसरमा लायन्स क्लब ३२५ बि २ का पुर्व गभर्नर मधुसुदन शर्मा रिजालले प्रदेशको बिकासका लागि सरकारका प्राथमिकताका बिषयमा र बर्दियाको पिछडिएको मध्यवर्ति गेरुवा गाउपालिका क्षेत्रको बिकासमा ध्यान जानुपर्ने सुझाव राख्नुभएको थियो ।
त्यस अवसरमा ब्यवसायी मुकुद ढकालले सरकारले सबै किसिमको वातावरण बनाउन सके प्रदेश नं. ५ लाई ब्यवसायीक कृषिको माध्यमबाट अगाडी बढाउदा निजी क्षेत्र अग्रसर हुने बताउनुभयो ।
त्यस अवसरमा प्रदेश ५ आन्तरिक मामिला तथा कानून मन्त्री कुलप्रसाद के.सी., प्रदेश सभामा नेकपाका प्रमुख सचेतक भुमिश्वर ढकाल, नेपाल पत्रकार महासंघ प्रदेश उपाध्यक्ष भरत के.सी., कोहलपुर उद्योग बाणिज्य संघका पुर्व अध्यक्ष चिन्तामणि धिताल, लायन्स क्लवकाका पुर्व गभर्नर सिम शाक्य लगायत भेटघाटमा सहभागि हुनुभएको थियो ।

बुटवल अनलाइन

लेखक बाट थप

प्रतिक्रिया

सम्बन्धित समाचार