युवाहरुको अभियान स्कुल स्कुलमा - Butwal Online
युवाहरुको अभियान स्कुल स्कुलमा

सदिक्षा गैरे

१ चैत्र  हरेक दिन मुठ्ठी दान अभियानले शुक्रबार मध्यबिन्दु नगरपालिकाको पाण्डब निम्न माध्यमिक बिद्यालयमा कापी र कलम बितरण गरेको छ ।


एक थुकी सुकि सय थुकी नदि भन्ने मुल मन्त्र लाई आत्म साथ गर्दै ड्याड नेपाल , हेल्प अर्गनाईजेशन , आउ युवा देस बनाऔं,नवलपुर र हाम्रो संसार फेसबुक ग्रुप को संयोजन मा संचालित “हरेक दिन एक मुठ्ठी दान !” महाअभियान ले बिद्यालयमा यस्तो सहयोग गरेको हो ।
अभियान अन्त्रगत पञ्च पाण्डप निम्न माध्यमिक विद्यालय मध्यबिन्दु ४, नवलपुर मा छात्र छात्रा बिध्यार्थीहरुलाई जम्मा २१ दर्जन कपि २१ दर्जन कलम लगायत अन्य शैक्षिक सामाग्री बितरण कार्यक्रम सम्पन्न गरिएको थियो ।
कार्यक्रममा महाअभियान हरेक दिन एक मुठ्ठी दानका संयोजक बिमल अधिकारी को अध्यक्षता रहेको थियो । कार्यक्रममा बिध्यालयका प्रधानाध्यापक कुल बहादुर महतो प्रमुख अतिथी रहनु भएको थियो । सो अबसरमा सोही विद्यालयका अभिभावक संघका अध्यक्ष श्री डिल्ली राम महतो, ड्याड नेपाल्का का अध्यक्ष किरण भुर्तेल, सहयोगी सस्था-हेल्प अर्गनाईजेशनका का उपाध्यक्ष निरज सुवेदी ,तिर्थ राज काफ्ले,सुर्य पौडेल,गोबिन्द आचार्य लगायतका सामाजिक अभियान्ता एवम शिक्षक शिक्षिकाहरुको उपस्थिती रहेको थियो । कार्यक्रममा सामाजिक अभियान्ता तिर्थ राज काफ्लेले “हरेक दिन एक मुठ्ठी दान ” महाअभियान बारे प्रस्ट्याउनु भएको थियो यो अभियानले आर्थिक अभाब कै कारणले बालवालिका शिक्षा बाट बन्चित हुन नपरोस भन्दै सहयोग गरेको बताउनुभयो ।
सो अबसरमा बोल्दै शिक्षा क्षेत्रमा गरिएको यो कार्य सराहनीय छ भन्दै शैक्षिक क्षेत्रमा यस्ता कार्यक्रमा अत्यन्तै प्रभाबकारी रहनेमा विशेष अतिथी डिल्ली राम महतोले जोड दिनु भएको थियो । साथै महाअभियान संग सधै सहकार्य,सहयोग गर्ने प्रतिबद्धता विद्यालयका प्रधानाध्यापक कुल बहादुर महतोले ब्यक्त गर्नु भयो । शिक्षिका कल्पना लम्सालले स्वागत मन्तब्य राख्नु भएको सो कार्यक्रममा सामाजिक अभियान्ता लक्ष्मी शर्माले सहजिकरण गर्नु भएको थियो ।

बुटवल अनलाइन

लेखक बाट थप

प्रतिक्रिया

सम्बन्धित समाचार