होली अनि पौराणिक कृत्य - Butwal Online
होली अनि पौराणिक कृत्य

नेपाल,भारत लगायत अन्य मुलुकमा बसोबास गर्ने हिन्दु धर्मावलम्बीले सदियौदेखि मनाउदै आएका पृथकपृथक चार्डपर्वहरुले पुर्वीय दर्शनमा आधारित वेद,उपनिषद एवम् पुराणहरुमा वणित वा घटित कृत्यसंग सम्बन्ध राखेको पाइन्छ।होली पूणिमा वा होली पर्वले पनि श्रीमतभागवत पुराणमा घटित कृत्यसंग प्रत्येक्ष सम्बन्ध राखेको पाइन्छ। फाल्गुण शुक्ल पूणिमा अर्थात फागु पूणिमाको दिन यो पर्व मनाइन्छ ।


पुराण अनुसार भगवान विष्णुका द्वारपाले जय र अजय दुई भाइको पुनर्जन्म हुदा दक्षप्रजापतिकी छोरी दितिको कोखबाट जन्म लिन्छन। उनीहरु पुनर्जन्ममा हिरण्याक्ष र हिरण्यकश्यपुका नामले चिनिन्छन्।अशुभ समय सन्ध्याकालमा जन्मिएकाले उनीहरु असुर हुन पुगे।दाजु हिरण्याक्ष असुर राजा हुदा घमण्ड र वैभवको मातमा चढी निकै अचक्लि मच्चाए।उनको अचक्लिपूण व्यवहार सहन नसकि विष्णु भगवानले वामन अवतार धारण गरि बध गरे।यो घटनाले भाइ भित्रभित्रै क्रुद्ध भएका हुन्छन्।ब्रम्हालाई खुसी तुल्याउन हिरण्यकश्यपु कठोर तपस्यामा लीन हुन्छन्।उनको तपस्याबाट प्रशन्न भई के वरदान माग्छौ भनी ब्रम्हाले सोध्दा अमरत्व माग्दछन् तर ब्रम्हा हिरण्यकश्यपुलाई अमरत्व दिन मान्दैनन्। ब्रम्हाको मनसाय बुझेपछि हिरण्यकश्यपुले अमरत्वनै हुनेगरी घुमाउरो तरिकाले वरदान माग्दछन”हे ब्रम्हा!म घरभित्र पनि नमरू बाहिर पनि नमरू,जल जमिन अनि आकाशमा पनि नमरू,मानिसबाट पनि नमरू,जनावरबाट पनि नमरू,दिनमा पनि नमरू,रातमा पनि नमरू,अस्त्रबाट पनि नमरू,विषबाट पनि नमरू”यति भनेपछि ब्रम्हाले तथास्तु भनिदिए ।यो बरदान पाएपछि हिरण्यकश्पुको पनि घमण्डको उचाइ चुलियो।दाजु हिरण्याक्षकोझै अचाक्लि र वितन्डा सुरु भयो । दुनियामा कुनै भगवान नभएको आफू नै भगवान भएको दावी गर्न थाले।उनको राज्यमा भगवानको नाम पुकार्न पाइदैनथ्य‍ो।विडम्बना उनकै बालब छोरो प्रल्हादले दिनहु भगवान विष्णुको नाम जपीरहन्थे।यस्तो कुरा हिरण्यकश्यपुलाई असह्य भयो।अनि प्रल्हादलाई डर धम्की र कठोर सजाए दिन थाले ।प्रल्हादले विष्णु भगवानको नाम जप्न कदापि छाडेनन्।आफ्नो छोरोको त्यो व्यवहारबाट आजित भएपछि छोरोलाई मार्ने षडयन्त्र गर्न थाले।आगोमा नडढने बरदान पाएकि आफ्नी बहिनीको सहयोग लिई प्रल्हादलाई होलिकाको काखमा बाधेर आगोमा डढाउने बन्दोबस्त मिलाए।प्रल्लादकी फूपू होलिकाले आफ्नो काखमा प्रल्हादलाई काखमा बाध्न लगाएर आगोमा बसिन।परिणाम उल्टो भयो।प्रल्हाद जलेनन तर होलिका भस्म भइन।पापिनी होलिकाक‍ो अन्त्यको खुसियालीमा एकआपसमा खुसीको प्रतीक रङ्ग दलेर होली पर्व मनाउन थालिएको मानिन्छ ।
चार्ड पर्वको उत्पत्ति स्थानीय परम्परा,व्यक्ति विषेशबाट सिर्जना गरिएको संस्कृतिबाट नभई सनातनी वैदिक धर्मग्रन्थ, धर्मसुत्र, पौराणिक कृत्य र आचारसंहितामा उल्लेख गरिएका कृत्य हुन्।यिनलाई मनाउने शैली र वैदिक र पौराणिक टिकाहरुमा उल्लेख गरेको पाइन्छ।सूर्य, चन्द्र, तिथि र बारलाई आधारमानी हाम्रा चार्ड पर्वहरु मनाइन्छन्।
हाम्रा चार्डपर्वहरुले मान्छेमान्छे बीचको, मान्छे र प्रकृति बीचको सामन्जस्य राख्ने गर्दछन्। साथै संपूर्ण ब्रम्हाण्ड जगतको कल्याण चिताउने मनध्यम हुन्। यसमा लौकिक कार्य र धार्मिक महत्व पनि समावेश गरिएको हुन्छ। यसबाट हामीले हाम्रो जीवनमा सत्चरित्रता निर्माण गर्ने अवसर प्राप्त गरेका छौ। आपसी भाइचारा, स्नेह, सम्बन्ध र सदाचार जस्ता सद्गुणको वृद्धि गरि ईश्वर वा संस्कृतिप्रति श्रद्धाभाव जागृत गर्न यी चार्डवर्वहरुले ठूलो महत्व राख्दछन्।हिन्दू आर्य समाजमा निकै धुमधामले मनाइने होलीले पनि आपसी सद्भाव र स्नेह बाड्ने गर्दै आएको पाइन्छ।यश पर्वले विशेष गरेर केटाकेटी र युवायुवती प्रभाव जमाएको देखिन्छ।पछिल्लो चरणमा विकृति पनि मौलाउदै गएको पाइन्छ । समयमै सचेत हुन जरुरी देखिन्छ।

बुटवल अनलाइन

लेखक बाट थप

प्रतिक्रिया

सम्बन्धित समाचार