प्रधानमन्त्री ओली द्धारा बुटवल मेडिकल कलेजको शुभारम्भ भिडियो - Butwal Online

बुटवल, ८ चैत । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल मगन्ते देश नभएको बताएका छन् । बुटवलमा छुट्टा छुट्टै दुई आयोजनाको शिल्यनास गर्दै प्रधानमन्त्री ओलीले कतिपयले विदेशी सहयोग आउँदैन भनेर हल्ला चलाउन थालेको भन्दै उनले नेपाल मगन्तेहरुको देश नभएकाले आफ्नै देशका प्राकृतिक स्रोत सदुपयोग गरेर समृद्ध मुलुक बनाइने बताए । उनले उर्वरभूमि भएको देश नेपालको धर्तीमा वन, जंगल, तामा, खानी, खोला, नाला भएकाले कसैसंग मागेर खान नपर्ने बताए । खनिज, पेट्रोल, फलाम, सुन जस्ता खानी रहेकाले नेपाल आफैंमा सम्पन्न राष्ट्र भएको तर्क गरे ।


त्यस्तै प्रधानमन्त्री ओलीले अब देशमा अशान्तीको युग समाप्त भएको बताएका छन् । उनले देशमा आतंक सिर्जना गर्नेलाई निषेध गरेको बताउँदै अब देश सुसासन र विकासको बाटोमा अगाडि बढ्ने समेत बताए ।


साढे ४ घण्टा रुपन्देहीमा विताएका उनले भैरहवा विमानस्थलको निरिक्षण संगै बुटवल मेडिकल कलेजको शुभारम्भ तथा बुटवल नारायण सडक ४ लेन विस्तारको शिल्यानास गरेका थिए । तिलोत्तमा नगरपालिका– १ र ८ मा पर्ने शंकरनगर र करिहया सामुदायिक वनको २ सय बिघा जग्गामा बन्न मेडिकल कलेज कार्यालयको शुभारम्भ प्रधानमन्त्री ओलीले गरेका हुन ।

संघीय सरकारले चालु आर्थिक वर्षको वजेटमा तिलोत्तमा, बर्दिबास र सुर्खेतमा गरी तीनवटा मेडिकल कलेज स्थापनाका लागि एकमुष्ट ३० करोड रुपैयाँ विनियोजन गरेको छ । त्यस्तै प्रधानमन्त्री ओलीले शिल्यनास गरेको बुटवल–नारायणगढ १ सय १४ किलोमिटर सडक बस्तीमा ६ लेन र जंगलमा ४ लेनमा विस्तार हुनेछ । चाइना स्टेट कन्ट्रक्सनले निर्माणको ठेक्का पाएको उक्त सडक विस्तार अबको ३ वर्षमा सम्पन्न गर्ने सम्झौता रहेको छ । सडक आयोजनाको कूल लागत १५ अर्ब रूपैयाँ रहेको छ । जसमध्ये एडीबीले ८५ प्रतिशत रकम ऋण उपलब्ध गराउने छ ।


शिल्यानास कार्यक्रममा प्रदेश नं. ५ का मुख्यमन्त्री शंकर पोखरेलले प्रदेश ५ को समृद्धिका लागि जोड्ने महेन्द्र राजमार्ग पुर्व देखि पश्चिम सम्म नै बनाउनुपर्ने बताए । त्यस्तै नेकपाका महासचिव विष्णु पौडेलले सडक निर्माणमा ढिला नगरी तोकिएकै समयमा सम्पन्न गर्न सम्बन्धित निर्माण कम्पनीलाई आग्रह गरे ।

बुटवल अनलाइन संवाददाता

लेखक बाट थप

प्रतिक्रिया

सम्बन्धित समाचार