ट्राफिक सूचना लिन १०३ नं. डायल गर्नुहोस

बुटवल, १६ चैत । सुचना आदान प्रदान, घटना घटेको समयमा छिटो उद्दार गर्नको साथै अन्य कुनै आपराधिक घटनाको सुचना सहज रुपमा प्रहरीले प्राप्त गर्न प्रदेश ५ ट्राफिक प्रहरी कार्यालय बुटवलले निशुल्क नम्बर १०३ सुचारु गरेको छ ।

दुई महिना पहिला देखि सुरु भएको यो सेवाले प्रदशवासीहरुलाई निकै फाईदा हुने ट्राफिक प्रहरीले जनाएको छ । यो सेवाको प्रयोग ट्राफिक प्रहरी तथा सर्वसाधारण जनाताहरु सवैले सहज रुपमा गर्न सक्छन् । घर छेउ कहि कतै कुनै किसिमको दुर्घटना , विपत् लागाएतका कुनै पनि घटना भएमा प्रदेश ५मा ट्राफिक प्रहरीको १०३मा सम्पर्क गर्न सकिन्छ । यो सेवा प्रयोग गर्न उजुरी कर्ता प्रदेश ५ भित्र रहनु पर्दछ । उजुरी कर्ताको फोन प्रदेश ५ ट्राफिक प्रहरी कार्यालय बुटवलमा रहेका डिउटी अधिकृतले उठाउँछन् ।

घटनाको आधारमा सम्बन्धीत क्षेत्रका प्रहरीलाई जानकारी गराएर छिटो भन्दा छिटो उद्दार गर्न मद्दत मिल्ने बताईएको छ । प्रदेश ५ ट्राफिक प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी उपरिक्षक गणेश चन्दले यो सेवाले ट्राफिक प्रहरीको साथै जनाताहरुलाई सहायोग पुगेको बताउनुभयो ।उहाँले भन्नुभयो , हामिले यो सेवा दुई महिना अघि सुरु गरेका हौँ , सायद प्रचार प्रसारको अभावले वा पब्लिकलाई थाहा नभएर हो , यो सेवा को प्रयोग अलि कमनै छ । तर ट्राफिक प्रहरीहरुले यो सेवाको उच्चतम फाईदा लिई रहेका छन् । अव सवै जनताहरुलाई सचेत बनाए यसको प्रयोग बढ्नेमा हामी विश्वस्त छौ । यस सेवाको प्रयोगले दुर्घटनाको छिटो उद्दार गर्न, दुर्घटना न्यूनिकरण गर्न र अन्य अपराधलाई पनि नियमन गर्न सजिलो हुन्छ । त्यसैले सवैमा यो सेवा प्रयोग गर्न अनुरोध गर्दछु ।,’
त्यस्तै ,यो आर्थिक वर्षको फागुन सम्म प्रदेश ५ भरि ६सय ९७ दुर्घटना भएका छन् । जसमा ३ सय ८४ जनाको मृत्यु भएको छ । त्यस्तै, ६ सय ४२ जना गम्भिर घाइते छन् भने ४८३ जना मानिस सामान्य घाइते भएका छन् । ्नेपालमै यस्ता सवारी दुर्घटनाहरु न्यूनिकरणको साटो दिन प्रति दिन बढ्दै गएका छन् । दुर्घटना हुनका कारण नेपालको सडकको अवस्था , पुरान सवारी साधन , ओभरलोड , यात्रुहरु , ट्राफिक साईनहरुको प्रयोग नहुनु ,ट्राफिक प्रहरीको फितलो निगरानी ,छाडा चौपाया र चालकहरुको लापरवाही रहेका छन् ।

तर प्रदेश पाँचको राजधानि बुटवलमा गरिएको एक अनुगमनमा अधिकांश चालकहरुले ट्राफिक नियमको पालना नगरेको पाईएको छ जसले अधिकांश दुर्घटना हुनमा चालकहरुनै दोषि रहेको देखिन्छ । शुक्रवार सडक सुरक्षा संगै ट्राफिक नियमको पालनाको अनुगमन गर्न पाचँ नम्बर प्रदेश ट्राफिक प्रहरी कार्यालय, बुटवलका प्रमुख प्रहरी उपरिक्षक गणेश चन्द सहितको ट्राफिकहरुको टोली ,बुटवल–भैरहवा ६ लेन सडकमा पुगेका थिए । बुटवल र भैरहवाको विचमा पर्ने तिलोत्तमा नगरपालिकाका नयाँमिल र मंगलापूर क्षेत्र गरि दुई स्थानमा लगभग दुई घण्टा अनुगमन भयो । अनुगमनमा सवारी चलकहरुले सामान्य रुपमा जान्नै पर्ने सडक लेनको प्रयोग , ट्राफिक साईनहरुको सहि प्रयोग साथै सवारी साधनमा राखिने नम्बर पिलेट , व्यक लाईटहरु सहि ठाँउमा नभएपछि चालकहरुलाई ट्राफिक प्रहरीले सम्झाँनुनै प¥यो । उनीहरु भन्दै थिए , लेनको पालना गर्नुहोस् ।
सडक दुर्घटनाको करक तत्वको रुपमा तीब्र गति सवारी चलाउनु पनी रहेको छ । अनुगमनमा ट्राफिक प्रहरी ‘राडर गन’ (सवारी साधनको गति मापन)को प्रयोग गरियो जसवाट अधिकांश सवारी साधनहरु उच्च गतिमा हुुइँकिने गरेको पाईयो । त्यो ,ट्राफिक गतिविधि सर्वसाधारण तथा स्थानियहरुले नियाली रहेका थिए । ट्राफिक प्रहरीले चिट , फाईन काट्नुको साटो सम्झाई बुझाई गर्दा उनिहरु स्वयं दंग थिए । ट्राफिक प्रहरीले गरेको अनुगमन सकारात्मक रहेको उनीहरुको प्रतिक्रृया थियो ।

अनुगमनको समयावधि भर ट्राफिक प्रहरीले ६ वटा बस , ६ ट्रक, ३ टिप्पर , १ ट्याङ्कर ,५ मोटरसाईकल ,१ स्कूटर , २ पिकप गर २४ वटा सवारी कारवाहीमा परेका थिए भने झण्डै ३ सय सवारीलाई सम्झाई बुझाई गरेका थिए । प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी उपरीक्षक गणेश चन्दका अनुसार अनुगमन अवधीमा ९९ प्रतिशत सावरी चालकहरुले लापरवाही गर्ने गरेको देखिएको छ । यसरी के देखिन्छ भने नेपालमा सवारी चलाउने चालकहरु सजक छैनन् , साथै अधिकांश चालकहरुलाई ट्राफिक नियम सम्बन्धी ज्ञानको अभाव छ र जाने बुझेकाहरुले पनि लापरवाही गरिरहेका छन् । जसले गर्दा विभिन्न दुर्घटना न्यूनिकरणका कार्याक्रमहरु सञ्चालन गरेपनि नियन्त्रणमा भने आउन सकेको छैन ।

बुटवल अनलाइन

लेखक बाट थप

प्रतिक्रिया

सम्बन्धित समाचार