Trending
  • गए राति यसरी मच्चायो हावाहुरीले बारा र पर्सामा बितण्डा (फाेटाे फिचर) - Butwal Online

    काठमाडाैं । गए राति हावाहुरीबाट बारा, पर्सालगायतका जिल्लामा ठूलो धनजनको क्षति भएको छ । ३१ जनाको मृत्यु तथा ४ सयभन्दा बढी घाईते हुने गरी आएको हावा हुरीले बाराको भरवलियाको एक घरसमेत सग्लो छैन । हावाहुरीबाट पर्सा र बारामा जनधनको क्षति भएकोमा  प्रधानमन्त्री केपी शर्मा ओलीले गहिरो दुःख व्यक्त गर्नुभएको छ ।

    प्रधानमन्त्री ओलीले आफ्नो प्रमुख आतिथ्यमा आज झापामा हुने तीन वटा कार्यक्रम स्थगित गरी बारा र पर्सामा उद्धार र राहत कार्यको अनुगमन गर्न जाने कार्यक्रम रहेको छ । प्रधानमन्त्री आज बिहान १०ः३० बजे सेनाको हेलिकप्टरबाट त्यसतर्फ प्रस्थान गर्ने उहाँका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिनुभयो ।



    बुटवल अनलाइन संवाददाता

    लेखक बाट थप

    प्रतिक्रिया

    सम्बन्धित समाचार