बुटवल, १८ चैत्र । बुटवलका उद्योगि व्यवसायीहरुले संघीय, प्रदेश र स्थानीय तहका सरकारलाई व्यवसायमैत्री ऐन कानुन बनाई लगानी र सुरक्षाको प्रत्याभूति दिलाउन आग्रह गरेका छन । उनीहरुले दुई तिहाईको स्थीर सरकार बनेपछि मुलुकमा लगानीको वातावरण बन्ने अपेक्षा गरिएपनि सरकारले लगानीको वातावरण बनाउन तथा भएको लगानीको समेत सुरक्षा गर्न चासो नदेखाएको आरोप लगाए ।

बुटवल उद्योग बाणिज्य संघको सोमबार बुटवलमा भएको २६ औं साधारण सभामा बोल्ने उद्योगी व्यबसायीहरुले व्यबसायिक बिकासकालागि लगानी सुरक्षा पहिलो सर्त भएकाले मुलुकको समृद्धि गर्ने हो भने नारामात्रै लगाउनु भ
बुटवल उद्योग वाणिज्य संघको २६ औं सल्लाहकार सभामा बोल्ने व्यवसायीहरुले नयाँ सबिधान निर्माण भई स्थायी सरकार बनिसकेपछी पनि व्यवसायमैत्री वातावरण बन्न नसकेको बताउदै राष्टिय अन्तराष्टिय लगानीका लागि सुरक्षा पहिलो आधार हुने बताए ।
उनीहरुले राजनीतिक मुद्धालाई राजनीतिक रुपमा वार्ताबाट समाधान गर्न सरकारलाई सुझाव दिदै बिप्लव नेतृत्वको नेकपालाई प्रतिवन्ध लगाएर मुलुकलाई द्धन्दमा नधकेली वार्ताबाट समाधान गर्न आग्रह गरे ।
व्यवसायीहरुले बिप्लव समुहलाई प्रतिवन्ध लगाउदा बजारमा चन्दा र सहयोगको आतंक सुरु हुन लागेको समेत बताए ।
व्यवसायीहरुले प्रदेश नम्वर ५ को प्रदेश सरकार र प्रदेश सभालाई बुटवललाई प्रदेशको स्थायी राजधानी घोषणा गरी प्रदेश समृद्धिका लागि दीगो बिकासका योजना अघि सार्न आग्रह गरे ।
सल्लाहकार सभाको उदघाटन गर्दै नेपाल उद्योग वाणिज्य महासंघका प्रदेश अध्यक्ष गुणनिधि तिवारीले सरकारले विप्लव समुहलाई प्रतिवन्ध लगाएसंगै फेरी चन्दा आतंक सुरु भएको उल्लेख गर्नुभयो । उहाँले दुई तिहाईको स्थीर सरकार हुँदा पनि मुलुकमा लगानी आकर्षण गर्न नसक्नु र भएका लगानीको समेत सुरक्षा गर्न नसक्नुले मलुकको दीगो बिकासमा प्रभाव पार्ने उल्लेख गर्नुभयो । नेपालको विच भागमा पर्ने पाँच नम्बर प्रदेशमा लगानीका प्रयाप्त सम्भावना रहेको र सरकारले लगानीका वातावरण बनाउने तथा लगानी सुरक्षामा प्रतिवद्ध हुने हो भने नीजि क्षेत्रले गर्नुपर्ने भूमिकामा पछि नपर्ने उहाँले बताउनु भयो ।
नेपाल उद्योग बाणिज्य महासंघका केन्द्रीय सदस्य सुरेन्द्रप्रसाद श्रेष्ठले नविकरण नभएका व्यबसायिक फर्म नविकरण गर्ने विषयमा उद्योग मन्त्री मात्रिका यादवले पहिले नै प्रतिवद्धता गरेपनि अहिलेसम्म कार्यान्वयन नगर्दा समस्या भएको बताउनु भयो । उहाँले खुला अर्थ व्यबस्था भएको मुलुकमा सरकारले नियन्त्रित अर्थ व्यबस्था अबलम्बन गर्न खोजेकाले मुलुकमा लगानी आकर्षण हुन नसकेको बताउनु भयो ।
संघका अध्यक्ष खिमबहादुर हमालले मुलुकमा लगानीको वातावरण नहुँदा नीजि क्षेत्र पर्ख र हेरको अवस्थामा रहेको बताउनु भयो । पूर्वाधार, बिकासका संरचना, बन्दै गरेको अन्तर्राष्ट्रिय बिमानस्थल, अन्तर्राष्ट्रिय स्तरको बुटवल सम्मेलन केन्द्र लगायतका कारण प्रदेशको राजधानी बुटवल बनाउन पनि उहाँले माग गर्नुभयो ।
कार्यक्रममा महासचिव दिनेशप्रसाद श्रेष्ठले संघले अंघिल्लो साधारण सभायता गरेका गतिबिधि सहितको प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।
कार्यक्रममा पूर्व अध्यक्ष जीवनप्रसाद वझा, राजश्व परामर्श दाता नेत्रप्रसाद ज्ञवाली, संघका वरिष्ठ उपाध्यक्ष उज्ज्वल कसजु, कपडा बस्तुगत समतिका सभापति त्रिबिक्रम ह्योजु लगायतले भनाई राख्नुभएको थियो ।

बुटवल अनलाइन

लेखक बाट थप

प्रतिक्रिया

सम्बन्धित समाचार