प्रदेश नंं ५ः बजेट खर्चमा बैजनाथ अगाडि, कुल प्रसाद पछाडि

विकाश पराजुली
बुटवल, १९ चैत । बजेट परिचालन गर्न प्रदेश नं. ५ का मुख्यमन्त्रीले बारम्बार निर्देशन दिएपनि चालु आर्थिक बर्षको फागुन मसान्त सम्म प्रदेश नं. ५ मा बजेट खर्च निराशा जनक देखिएको छ । यहि हिसावले बजेट खर्च हुँदै गए ४ महिनामा बजेट खर्च ९० प्रतिशत भन्दा माथी जान सम्भव समेत छैन ।


प्रदेश नं. ५ प्रदेश सभाले पारित गरेको कुल २८ अर्ब ९० करोडको बजेट मध्ये ८ महिनामा जम्मा १५ पतिशत बजेट खर्च भएको छ । चालु तर्फ २० दशमवल १५ र पुजिगत तर्फ ११ दशमलव ६३ बजेट खर्च भएपनि कुल खर्च १५ दशमवल ११ प्रतिशत रहेको छ । आर्थिक मामिला तथा योजना मन्त्रालय, प्रदेश लेखा तथा नियन्त्रक कार्यालयका अनुसार कुल २८ अर्ब मध्ये ८ महिनामा ४ अर्ब २४ करोड ३७ लाख ३७ हजार खर्च भएको छ । खर्च बजेट चालु तर्फको २ अर्ब ३० करोड ९८ लाख र पुजिगत तर्फको १ अर्ब ९३ करोड ३८ लाख हो । “फागुन मसान्त सम्म हेर्दा चालु र पुजि तर्फ गरी १५ प्रतिशत बजेट खर्च भएको छ, विस्तारै यो बढ्ने क्रममा छ” प्रदेश लेखा नियन्त्रण कार्यालयका सूचना अधिकारी रविन्द्र अर्यालले भने ।
प्रदेश नंं ५ का मन्त्रालय गत खर्च हेर्दा भौतिक पुर्वधार मन्त्रालय बजेट खर्च गर्नेमा पहिलो स्थानमा छ भने सवै भन्दा कम बजेट खर्च आन्तारिक मामिला तथा कानुन मन्त्रालयले गरेको छ । भौतिक पुर्वधार मन्त्रालयले ८ महिनामा १ अर्ब ६८ करोड ९५ लाख खर्च गर्दा आन्तारिक मामिला तथा कानुन मन्त्रालयले जम्मा १० करोड ६८ लाख ७४ हजार रुपैया खर्च गरेको छ । त्यस्तै बजेट खर्च गर्ने दोस्रोमा आन्तारिक मामिला तथा योजना मन्त्रालयले रहेको छ । उसले ७९ करोड ९ लाख ९७ हजार रुपैया बजेट खर्च गरेको छ । त्यस्तै तेस्रो स्थानमा सामाजिक विकास मन्त्रालय रहेको छ । ९२ करोड ३६ लाख ६४ हजार रुपैया सामाजिक विकास मन्त्रालयले गरेको छ । त्यसैगरी भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले २० करोड २७ लाख २८ हजार रुपैया खर्च भएको छ । ८ महिनामा जम्मा १५ प्रतिशत मात्र बजेट खर्च भएकोमा चालु आर्थिक बर्षको अन्त्य सम्म बजेट कार्यान्वयन होला भन्ने ठाउ समेत छैन ।
त्यस बाहेक प्रदेश व्यवस्थापिकामा १० करोड १९ लाख, मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयले ५ करोड ८७ लाख र मुख्य न्यायाधिबक्ताको कार्यालयले १ करोड ७५ लाख बजेट खर्च गरेको छ ।

विकाश पराजुली

पत्रकार विकाश पराजुली बुटवल अनलाइनका सह - सम्पादक हुन्

लेखक बाट थप

प्रतिक्रिया

सम्बन्धित समाचार