भवनात्मक प्रेम सम्बन्ध के हो? मेरो अनुभुति - Butwal Online
भवनात्मक प्रेम सम्बन्ध के हो? मेरो अनुभुति

जम्बिका गिरी

कावासोती ११, नवलपुर – नैतिक चरित्र को प्रश्न उठाउदा प्राय दुईवटा कुरा अगाडि आउने गर्दछन।की त त्यो आर्थिक हीसाब कीताव को गडबडी ले गर्दा उठाईन्छ की त यो महीला पुरूष को अनैतिक यौन समन्ध ले गर्दा उठाईन्छ।

सामान्यतह हामि काहा चारित्रिक शुद्धता को प्रमाण पत्र एकनीष्ठ बिवाहा पद्धति लाई मानीयको छ ।जाहा पत्नी केवल पति का प्रति र पति केवल पत्नी का प्रति तन मन दुबै बाट समर्पीत र ईमान्दार हुन पर्ने हुन्छ ।।
ब्यवाहार र कार्यशैलि लाई ब्यवस्थित गराउने पक्ष नै आचरण हो। बारूद ले ढलाउन नसक्ने बीर योध्दा हरूलाई यौन को लालस ले ढलाउन पुगेको ईतीहास हरू साक्षि छन। यौन प्रेम भनेको यस्तो शशक्त शक्ति हो यसलाई संवेगमा मात्र छोडीयो भनी यसले यस्तो अनिष्ट दुर्घटना नीम्त्याउछ तर यसलाई बीवेक लगायर प्रतिबद्धता,एका
ग्रता र लगनशीलता मा रूपान्तरण गर्न जानीयो भनी जीवन जिउने उर्जा शक्ति को रूपमा लिन सकीन्छ।बीश्लेशक हरूले यौन प्रेमलाई जीवन को एउटा महत्वपुर्ण अंग मान्दछन।दुई प्राणी बीचको समन्ध यो भन्दा घनीष्ट अरू के हुनसक्छ ,तर यंहानेर बुझ्नु पर्ने कुरा के छ भनी यि दुबै,, प्राणी मात्र नभयर ति बीवेक बोकेका मानीसहरू हुन तसर्थ समन्ध लाई बीवेक ले डोराउन सीक्नु पर्दछ।।समन्ध जैलेपनी स्पस्ट र खुल्ला हुन जरूरि छ चाहे त्यो भावनात्मक समन्ध होस या शारिरिक

 

के हो भावनात्मक प्रेम समन्ध भनेको
____________________________

 

 

 

प्रेम शब्द शुन्दा जति शुन्दर छ त्यति नै यसको महत्व पनी छ।मान्छे भयर जन्मीय पछी बांच्न को लागी हरेक लाई कसैको साथ , माया र सहयोग को आवश्यक्ता पर्दछ।कसैलाई देख्ने बीत्तिकै प्रेम हुन्छ बर्षौ पहिले देखीनै चीनजान भयको आभाष हुन्छ भन्दै नभनी सबैकुरा बुझेको अनुभुती हुन्छ ।

यो प्रेम समन्ध यसलाई यति नै गर्छु भनेर हुने कुरा होईन र देखाउन पनी सकीदैन र आज बाट प्रेम नगरौ है भनेर रोक्न छेक्न पनी सकीदैन। प्रेम हर कसैलाई गर्न सकीन्छ यसलाई उमेर अवस्था धनसम्पति राम्रो नराम्रो होचो अग्लो कालो गोरो कुनैपनी रंङ या जाती धर्म ले बाधा पुराउन सक्दैन ।मनै देखी स्वतस्फुर्त उत्पन्न हुने भाव नै प्रेम हो । दाजु बैनी घर परिवार ईष्टमीत्र छरछीमेकी साथिभाई सबै मा भावनात्मक प्रेम समन्ध हुन सक्छ।।
जब मान्छे लाई समन्ध को लत बस्छ समन्ध को नशा बस्छ दिमाग को भागलाई सक्रीय बनाई दिन्छ ।
हरेक चिज ले खुशी बनाईदिन्छ खुशी हुनको लागी कुनै ठोस कारण नै चाहीदैन । मनपर्ने ब्याक्ति भेट्दा मात्रै होईन जिवन मा आईपर्ने सबैखाले संघर्ष हरूलाई सजीलै पारगर्न मस्तिष्क ले मदत गर्छ।
मान्छे स्वस्थ्य हुन्छ मान्छे भावनात्मक समन्ध मा रहनु भनेको कुनै कीसीम को अपराध होईन यो त मानविय संवेदना हो जो कसैलाई पनी हुनसक्छ ।
एउटा ले अर्को प्रति गरीने सम्मानजनक ब्यवहार भीत्र पनी प्रेम हुन्छ । भावनात्मक आवेग मात्र होईन हाम्रो मस्तीष्कमा हुने रसायनीक प्रकृया हरूको परिणाम हो । असाध्दै भावनामा नजीक रहेको मान्छे को फोटो सम्म देख्दा पनी, हाम्रो शरिरमा डोपमीन र नो_एपीनेफिन नामक हर्मन हरू मस्तिष्क को अघील्लो भागबाट उत्पादन हुन थाल्दछन मान्छेहरू एकअर्का प्रति घुलमील हुने आकर्षीत हुने पछाडी को कारण एण्डाफिन नामक हर्मन हो। जव उसलाई आंखा ले देखीन्छ तव त्यसको सन्देश सोही हर्मौन को कारण दिमाग मा पुग्दछ र हर्मौन थप सक्रिय हुन्छ र मान्छे खुशीले रमाउछ ।।
आफु लाई कसैप्रती प्रेम समन्ध बनीरहेको छ भन्ने कुरा सबैलाई थाहा हुदैन । ब्याक्ति हरू आपस मा गरिने बोलि भाषाशैलि ब्यवाहार सुखदुख आदानप्रदान र लामो समय को संगत ले एउटा नशा बसेको हुन्छ जस्तै जसरी मान्छेलाई खानपान रक्शी चुरोट चीया अथवा बीभिन्न औषधि को सेवन ले नशा लाग्छ त्यस्तै ब्याक्ति बीषेश को पनी नशा लागेको हुन्छ केही %मान्छेहरू ले मात्रै यो रोग को थाहा पाउने गर्दछन ।।आफुलाई के भयको छ भन्ने कुरा थाहा नपाई नपाई बस्ने र अन्तमा डिप्रेशन को शीकार भयका मान्छेहरू को संख्या पनी झनै काहालिलाग्दो अवस्था मा भयको पाईन्छ।।
समाज मा गरिने सबैखाले मानमर्यादा हरूको पालना गर्नुपर्ने र गरिरहेका अदृश्य ब्याक्ति हरू पनी भावनात्मक रूपमा यसको असर ब्यहोरि रहेका हुन्छन जुनकुरा सबैलाई थाहा हुदैन ।।
यसको परिणाम त्यतिबेला मात्रै थाहा हुन्छ जतिबेला नजिक समन्ध मा रहेको मान्छे या मनपराईयको मान्छे लाई चोटपटक लाग्छ या बीभिन्न संकट आईलागेको अनुभुति हुन्छ या भावनात्मक रूपमा असर पुग्छ सोही अवस्था मा मात्रै यस्ता लत बसेका महीला पुरूष हरू मानशीक रूपमा कमजोर हुने गर्दछन ।।
मानशीक कमजोरि का कारण शारिरिक रूपमा यसका असरहरू देखीन थाल्दछन ।।
शुरूवात मै ,यसलाई अन्य रोगहरू जस्तै रोगी कै नाम दिन मील्दैन कीन की प्राचीन ग्रिनबासी ले प्रेम लाई 7शब्द मा परिभाषीत गरेकी छन जस मध्य एउटा (अगप+फीलिया) यसको शाब्दिक अर्थ बीना शर्त को स्वभाबीक प्रेम (मानशीक प्रेम)भयको बुझीन्छ ।

जसले बुझ्छ उसले आफसी समझदारि र छलफल बाट एकअर्का को सहयोग ले आत्मबीश्वास र हौसला लिई अगाडी बढ्न सक्छ। यसलाई एउटा उर्जा शक्ति को रूपमा प्रयोग गर्न सकिन्छ एक अर्का प्रति को बिश्वास नै यसको प्रमुख औसधी हो ।यस मानविय ब्यवाहार लाई चरित्र हीन भनेर जोडीन्छ हाम्रो समाज मा अहिले यतिबेला यस्ता बिकृतिपुर्ण सोचले जरा गाडेर घर परिवार र समाज लाई नै तहस नहस बनायको छ हामी ले हाम्रो सोच मा परिवर्तन ल्याउन जरूरि छ।

बुटवल अनलाइन संवाददाता

लेखक बाट थप

प्रतिक्रिया

सम्बन्धित समाचार