क्यानन मा वि.मा दीक्षान्त समारोह सम्पन्न

बुटवल, २२ चैत । बुटवल –८, सुख्खानगरस्थित क्यानन माध्यमिक विद्यालयमा शुक्रवार एक कार्यक्रमका बीच दीक्षान्त समारोह सम्पन्न भएको छ ।

कक्षा के.जी. उत्तीर्ण गरी कक्षा १ मा प्रवेश गर्नु भएका करिब ७० जना विद्यार्थीहरुलाई दीक्षित गरिएको सो कार्यक्रमको अध्यक्षता विद्यालयका प्राचार्य थानेश्वर पौडेलले गर्नुभएको थियो । यस क्षेत्रमा पहिलो पटक आयोजना गरिएको उक्त कार्यक्रममा कक्षा प्ले गु्रपदेखि कक्षा के.जी.सम्मका विद्यार्थीहरुले विभिन्न सांस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए । साथै कक्षा के.जी.मा पढ्ने प्रकृति परियारको समूहले सचेतनामूलक नाटक समेत प्रस्तुत गरेको थियो ।

कार्यक्रममा बोल्दै अभिभावक संघ रुपन्देहीका अध्यक्ष लोकनाथ ज्ञवालीले क्याननले पछिल्लोपटक गर्दै आएका विभिन्न विद्यार्थी केन्द्रित गतिविधि प्रति धन्यवाद ज्ञापन गर्दै अझ रचनात्मक कार्यक्रम ल्याउनुपर्नेमा बताए । त्यस्तै विद्यालयका प्राचार्य तथा कार्यक्रमका अध्यक्ष थानेश्वर पौडेलले क्याननले संस्कार युक्त गुणस्तरीय शिक्षामा जोड दिएको जानकारी गराउ“दै आगामी दिनहरुमा अझ महत्वपूर्ण कार्यक्रका साथ क्याननलाई पहिलो रोजाइको विद्यालय बनाउने प्रतिबद्धता व्यक्त गरे ।

विद्यालयकी प्रि–प्राइमरी इन्चार्ज सिर्जना भूषाल र कक्षा के.जी.मा अध्ययनरत अब्बल छात्र हार्दिक न्यौपानेको स्वागत शिक्षिका कल्पना पौडेलको सञ्चालनमा आयोजित सो कार्यक्रममा कक्षा के.जी.मा अध्ययनरत विद्यार्थीका हजूरबुबा तथा हजूरआमालाई समेत प्रमाणपत्रका साथमा सम्मान गरिएको थियो । कार्यक्रममा कक्षा के.जी.सम्मका विद्यार्थीको नतिजा प्रकाशन समेत गरिएको थियो ।

बुटवल अनलाइन

लेखक बाट थप

प्रतिक्रिया

सम्बन्धित समाचार