कपिलवस्तुको कृष्णनगरमा फैजान ए गफूर शाह कान्फ्रेन्स सम्पन्न - Butwal Online

शहबाज खान

कपिलवस्तु / कपिलवस्तुको कृष्णनगर नगरपालिका वडा नं.१०औरहवा मा फैजान ए गफूर शाह कान्फ्रेन्स सम्पन्न।
औरहवा गाउ का नवयुवक वर्ग हरु ले यस नगरपालिका क्षेत्र र समाज को पहिचान को लागि कान्फ्रेन्स को आयोजना गरेको आयोजक समिती का अध्यक्ष सादिक हुसेन ले बताएका छन्।



उक्त कार्यक्रम मा नेपाल र मित्र राष्ट्र भारतको सिद्धार्थनगर बराव शरीफ का हजरत अल्लामा खलीफ ए ताजुशरीआ आसिफ रजा अल्वी,महाराष्ट्र स्थित पुना को कादरियत अश्शाह सय्यद अनीसुर्रहमान साहब,कृष्णनगर नेपाल का हजरत अल्लामा मौलाना मुफ्ती अरमान रजा,हजरत अल्लामा अलहाज मो मुस्ताक अहमद, र शायर नुरुलहसन नूर अन्सारी,मौलाना अब्बास,हजरत अल्लामा मौलाना जमाल अहमद रिजवी धर्मगुरु,समाजसेवी सुरक्षाक्रमी,पत्रकार,भद्राभलादमी लगायत लगभग६०० जना को सहभगिता थियो।

खलिफ ए ताजुशरीआ आसिफ रजा अल्वी ले आफ्नो मनतब्य राख्दै भने कि इस्लाम धर्म भाइचारगी,इमान्दारी,हसी खुसी मा रहने धर्म हो यो धर्म कसैलाइ दुख दिइ आफू खुशी हुने धर्म होइना आज को जमाना मा केही व्यक्ति र केही संगठनहरु अल्लाहको नाम लिइ हत्या,दहशत फैलाउदै छन उनीहरु मुस्लमान होइन्न किन कि इस्लाम धर्म मा हत्या दहशत बलत्कार जस्ता अप्रिय क्रियाकलाप हरु गर्न लाई इस्लाम का पवित्र पुस्तक हरुको माध्यम ले सख्त मना गरेको छ। इस्लाम धर्म लाइ बदनाम गर्ना को लागि इस्लाम धर्म को रुप लिइ अप्रिय क्रियाकलाप गर्दै छन्।

वहा ले उपस्थित सबै जनता लाइ नमाज पढना,इमानदारी ले आफ्नो जीवन काट्न बुवा आमाको सेवामा लाग्न को लागि अग्रह पनि गरेका थिए।
कान्फ्रेन्स लाइ सफल बनाउनको लागि मदरसा गफूर शाह औरहवा का अध्यक्ष दिलशाद अहमद,शादिक हुसेन,करम हुसेन,इमामली खाँ फिरोज अहमद,सईद अख्तर,अल्ताफ खाँ,जुवेर मुसलमान,यूसुफ मिया,महबूब खाँ,बब्बू मिया,अनारुल खा,रियाज खा,मैराज,खा,फैजान अहमद(नन्हे) बब्लू खाँ लगायत गाउको युवा हरुको निरन्तर सहयोग रहेको अयोजक समिती ले जनाएको छ।

बुटवल अनलाइन संवाददाता

लेखक बाट थप

प्रतिक्रिया

सम्बन्धित समाचार