म कोइला बनी भट्टिमा बारम्बार सल्किनु पर्छ

 

साहित्यकार गणेश खनाल

 

मालारानी गाउपालिका ३ खनदह अर्घाखाँचीमा बुवा चुरामणी खनाल आमा रेश्मा खनालको कोखबाट जन्मिएका गणेश खनाल अहिले गजल लेखनमा कलम चलाउछन , यस क्षेत्रमा हुने गरेका गजल साँझमा उनको गजलले वाह वाह पाउने गरेका छन् ।

साहित्यबाट प्रेम , सद्भाव ,बिचार र समाज सुधार लगायतका थुप्रै बिषयमा आवाज उठाउन सजिलो हुने उनको भनाई छ ।
प्रस्तुत छ उनै खनालले बुटवल अनलाइनका लागि लेख्नु भएका २ गजल

 

 

तिमी माटो हौ माटोलाई इटाको आकार दिनु पर्छ ,
र म कोइला बनी भट्टिमा बारम्बार सल्किनु पर्छ ।

 

रिबन बनेर तिम्रो चुल्ठोमा बाधिन मन थियो ,
तुना बनेछु खुट्टाको जुता सँग कसिनु पर्छ ।

 

बाूले किनिदिएको कापिमा उनका आँखा लेखियो ,
सोचिएन बाूआमाका आँसु पनि त लेखिनु पर्छ।

 

तिम्रो आँगनमा ठेस लागेपछी तिमिलाई देखेको हुँ ,
खुसी देख्न पनि त दुस्ख सँग ठोक्किनु पर्छ ।

 

–साहित्यकार , गणेश खनाल
मालारानी ३ खनदह अर्घाखाँची , हाल बुटवल

 

सम्झनुहोस् आफुलाई यहाँ तक सम्झनुहोस् ,
मेरो जीवन संग खेलेपछी बालक सम्झनुहोस् ।

 

यता पनि हिर्काउनु उता पनि हिर्काउनुहुन्छ भने ,
हजुर ब्याट बन्नुहोस् र मलाई कक सम्झनुहोस ।

 

घाईते बनाएर नचाउदा मज्जा मिल्छ भने तपाईलाई ,
आफुलाई मेरो जिन्दगीको निर्देशक सम्झनुहोस् ।

 

एक अनाथ बादल हेर्दै सडकमा सुतिरहेको छ ,
तपाइँ सक्नुहुन्छ बादललाई सिरक सम्झनुहोस् ।

 

म हरेक बिहान आमालाई नदेखी हिड्नै सक्दैन
यसलाई प्यार भन्नुहोस् वा नाटक सम्झनुहोस् ।

 

बुटवल अनलाइन

लेखक बाट थप

प्रतिक्रिया

सम्बन्धित समाचार