अर्घाखाँची दुर्घटनाका घाइते भन्छन्–चालक र सहचालक केटीसँग जिस्किँदा जीप दुर्घटना भयो - Butwal Online

मृतकको संख्या ४ पुग्यो

बुटवल २६ चैत 

अर्घाखाँचीमा सोमबार दिउँसो सन्धिखर्कबाट खिल्जीका लागि छुटेको लु १ ज १२२९ नम्बरको जीप दुर्घटनामा मृत्यु हुनेको संख्या चार पुगेको छ । घाइतेमध्ये थप एकजनाको उपचारका क्रममा मृत्यु भएपछि मृतकको संख्या ४ पुगेको हो ।

दुर्घटनामा मृत्यु हुनेहरुमा प्युठानको ऐरावति गाउँपालिकाकी १४ वर्षीया मोनिका आचार्य र ऐरावतीकै ५२ वर्षीय धनबहादुर राना तथा सन्धिखर्क नगरपालिका १२ डिभर्नाका ४ वर्षीय प्रिन्स श्रेष्ठ छन् ।

पछिल्लोपटक मृत्यु हुनेमा अर्घाखाँचीको सन्धिखर्क नगरपालिका वडा नंं १२ डिभर्नाकी ३० वर्षीया बिष्णुमाया श्रेष्ठ हुन् । श्रेष्ठको युनिभर्सल मेडिकल कलेज भैरहवामा मृत्यु भएको हो ।

दुर्घटनामा घाइते सोनु शाहीले चालक र सहचालक युवतीसँग जिस्किँदै गर्दा दुर्घटना भएको बताएकी छन् । प्रहरीले भने उकालोमा ब्रेक फेल भएर जिप सडकबाट तल खसेको प्रारम्भिक अनुमान गरेको छ ।

बुटवल अनलाइन संवाददाता

लेखक बाट थप

प्रतिक्रिया

सम्बन्धित समाचार