झाडापखालाका बिरामीको चाप बढ्यो - Butwal Online
झाडापखालाका बिरामीको चाप बढ्यो

रोल्पा, २६ चैत – जिल्ला अस्पतालमा बिरामीको चाप बढ्दै गएको छ । बदलिँदो मौसमसँगै झाडापखाला, टाइफाइड र ज्वरोका बिरामी बढ्न थालेका हुन् ।

अस्पतालमा दैनिक ८० देखि ९० बिरामी आउन थालेको जिल्ला अस्पतालका डा धनमाया घर्तीले बताइन । बिरामीमध्ये अधिकांश बालबालिका छन् । बालबालिकामा झाडापखाला, टाइफाडड र ज्वरोको समस्या देखिएको छ । पछिल्लोपटक मौसममा आएको परिवर्तन, दुषित पानीको प्रयोग र बासी खानाका कारण समस्या बढ्दै गएको डा घर्तीले बताइन । सरसफाइमा ध्यान नदिँदा झाडापखालाको प्रकोप बढ्न थालेको हो । रासस

बुटवल अनलाइन

लेखक बाट थप

प्रतिक्रिया

सम्बन्धित समाचार