फोरमका जिल्ला उपाध्यक्षले गरे पार्टी परित्यागको घोषणा (विज्ञप्ती सहित) - Butwal Online

कपिलवस्तु २६ , चैत

समाजबादी बिद्यार्थी फोरम कपिलवस्तुक जिल्ला उपाध्यक्ष क्षितिज सिंहले पार्टी परित्याग को घोषणा गरेका छन् । उपाध्यक्ष सिंहले आज एक विज्ञप्ती जारी गर्दै पार्टि परित्यागको घोषणा गरेका हुन् ।



बिगत एक वर्ष देखी उपाध्यक्ष पदमा बसेर बिद्यार्थीहरुको हक अधिकारको लागि काम गरेपनि आफ्नो कामलाइ पार्टीले महत्व नदिएको उनले जारी गरेको विज्ञप्तीमा उल्लेख छ । जारी विज्ञप्तीमा बिगतमा पार्टीले केहि गलत आरोप लगाएको पनि सिंहले बताएका छन् । सिंहले आजैको मितीबाट लागु हुने गरी आफु पार्टीको साधारण सदस्य समेत नगरेको जानकारी गराएका छन् ।

सिंहले जारी गरेको विज्ञप्ती हेर्नुहोस

बुटवल अनलाइन संवाददाता

लेखक बाट थप

प्रतिक्रिया

सम्बन्धित समाचार