विकाश पराजुली
बटौली, २७ चैत / नयाँ शैक्षिक सत्र सुरु हुनै लाग्दा रुपन्देही जिल्लाका कालिका मानवज्ञान, नविन औद्योगिक कदरबहादुर रिता, कान्ती माध्यमिक विद्यालय र तिलोत्तमाको शान्ती नमुना माध्यमिक विद्यालयलाई धेरैले सम्झन्छन् । कारण उनीहरुको उत्तिर्ण नतिजा ।


सामुदायिक विद्यालय भनेर “नाक खुम्चाउने” हरुका लागि यी विद्यालय आफुहरुलाई संस्थागत विद्यालय संग तुलना गर्छन, महंगो शुल्कका कारण होईन कि उच्च नतिजाका कारण ।
यो शैक्षिक सत्रको नतिजा प्रकाशन हुने तयारी भइरहदा रुपन्देहीका अव्वल यी सामुदायिक विद्यालय कति जना नयाँ विद्यार्थीहरुलाई भर्ना गर्न सकिन्छ भनेर योजना बनाइरहेका छन् । यी विद्यालयमा संस्थागत विद्यालयमा जस्तै ईन्ट्रास परिक्षामा उत्तिर्ण भएर मात्र अध्ययान गर्न पाउने व्यवस्था छ । त्यस कारणले पनि विद्यालयहरुको नतिजा प्रत्येक बर्ष उत्कृष्ट हुँदै आएको छ । शिक्षकहरुको मेहनत, कुशल व्यवस्थापका कारण बर्षेनी उत्कृष्ट नजिता दिएका यी विद्यालयहरुमा नयाँ शैक्षिक सत्र शुरू हुन अब केही हप्ता बाँकी छ ।

नयाँ भर्ना कालिकामा ४ सय

बुटवलको कालिका मानवज्ञान यसै बर्ष बुटवलको रामनगरमा रहेको मानवज्ञान संग मर्ज भएपछि कालिका मानवज्ञान माध्यमिक विद्यालय बनेको छ । यो विद्यालयमा अहिले ५ हजार ५ सय २९ विद्यार्थीहरु छन् । “यस बर्ष मानवज्ञान हामी संग भएकाले बढिमा ४ सय विद्यार्थीहरु नयाँ ल्याउन सक्छौ” विद्यालयका प्राचार्य धनश्याम पाठकले भने–“हामीले त्यहि अनुसार योजना बनाएका छौ ।”


उक्त विद्यालयमा गत बर्ष ३ हजार भन्दा बढी विद्यार्थीले प्रवेश परिक्षा दिएकोमा जम्मा १ हजार २ सय नयाँ विद्यार्थी भर्ना भएका थिए । विद्यालयको गत वर्षको एसईईमा १ सय ८ जना विद्यार्थीले ३.६५ जीपीए ल्याएर उत्तीर्ण भएका थिए । यस वर्षको एसईई परीक्षामा विद्यालयबाट ३ सय ७१ जना विद्यार्थी सहभागी छन् । विद्यालयले आउँदो वैशाख २ गतेदेखि भर्नाका लागि फर्म वितरण गर्ने ६ गते प्रवेश परीक्षा लिने र ८ गते नतिजा प्रकाशन गरी ३ दिन भर्नाको समय राखेर ११ गतेदेखि पढाइ शुरू गर्ने योजनामा छ ।

नविनमा ४ सय ५० सय

अधिकांश सुुकुम्बासी र विपन्न परिवारका बालबालिका पढ्ने नविन औद्योगिक कदरबहादुर रीता माविले यस बर्ष नयाँ विद्यार्थी भर्ना ४ सय ५० गर्ने योजना बनाएको छ । सामुदायिक विद्यालयमा अव्वल प्रमाणित गरेको यो विद्यालयमा ईन्जिनियरिङ बिषय समेत पढाई हुन्छ । अतिरिक्त क्रियाकलापमा पनि अव्वल यो विद्यालयमा अहिले १ हजार ८ सय ३१ विद्यार्थीहरुले अध्ययान गर्ने गर्दछन् ।
“विद्यार्थीहरु धेरै आउनुहुन्छ, तर हामी संगै पुर्वधार प्रयाप्त छैन” प्राचार्य प्रेम बहादुर बस्नेतले भने–“४ सय भन्दा बढि नयाँ विद्यार्थी भर्ना गर्न सक्ने सामर्थ हामी संग छैन ।”

 

अंग्रेजी माध्यमबाट पढाई हुने यस विद्यालयमा व्यवहारिक पढाईमा बढि जोड दिईने भएकाले पनि विद्यार्थीहरुको आर्कषण बढेको विद्यालयका प्राचार्य बस्नेतले बताए । विद्यालयले नयाँ भर्नाका लागि २ गते बाट फाराम वितरण गर्ने, ८ गते प्रवेश परीक्षा, १० गते ईन्जिनियरिङ प्रवेश परिक्षा र कक्षा सञ्चालन १३ गते बाट हुने विद्यालयले जनाएको छ । विद्यालयले अन्तर्राष्टिय स्कुल अवार्ड २०१७–०२० समेत प्राप्त गरिसकेको छ ।

शान्तीमा ७ सय

बुटवल संग जोडिएको तिलोत्तमा नगरपालिकामा रहेको शान्ती नमुना माध्यमिक विद्याय सामुदायिक विद्यालय मध्येको एक अव्वल विद्यालय हो । यस बर्ष विद्यालयले करिव ७ सय नयाँ विद्यार्थी भर्ना गर्ने लक्ष्य बनाएको छ । “गत बर्ष १ हजार विद्यार्थी भर्ना हुन आएकोमा ५ सय भर्ना भएका थिए । अहिले हामीले नयाँ भर्ना ७ सय ल्याउने योजनामा छौ ।”
शान्ती नमुना माध्यमिक विद्यालयका प्राचार्य कुल प्रसाद लामिछानेले भने । विद्यालयमा अहिले २ हजार १८ विद्यार्थी अध्ययनरत छन् । “हामीले चार वटा सेक्सन थप्छौ, कक्षा ७, ८ एउटा सेक्सन र कक्षा ६, ९ मा दुई, वटा सेक्सन थप गर्ने छौ ।” प्राचार्य लामिछानेले भने ।
नयाँ भर्नाका लागि विद्यालयले चैत २८ देखि फाराम वितरण गर्ने, ६ गते प्रवेश परिक्षा, ८ गते बाट भर्ना र ९ गते देखि पढाई सुरु हुने उनले बताए ।

कान्तीमा ५ सय नयाँ भर्ना

बुटवलका कान्ति माविले यस बर्ष ५ सय नयाँ विद्यार्थी भर्ना गर्ने लक्ष्य राखेको छ । “प्रवेश परिक्षाका लागि ९ सय भन्दा बढि विद्यार्थीहरु आउने अपेक्षा गरेका छौ” विद्यालयका प्राचार्य गोविन्द ज्ञवालीले भने–“गत बर्ष ३ सय विद्यार्थी नयाँ भर्ना गरेका थियौ भने अहिले बढिमा ५ सय विद्यार्थीहरुलाई भर्ना गर्ने योजना बनाएका छौ ।”

विकाश पराजुली

पत्रकार विकाश पराजुली बुटवल अनलाइनका सह - सम्पादक हुन्

लेखक बाट थप

प्रतिक्रिया

सम्बन्धित समाचार