बाँके,२७ चैत्र

स्थानीय सरकार निर्माण पश्चात बाँकेको खजुरामा पहिला पटक गाँउगाँउमा मानव अधिकार अभियान सुरु गरिएको छ ।
खजुरा गाँउपालिकाको आर्थिक सहयोग र मानव अधिकार संरक्षण तथा प्रवद्र्धन केन्द्र (हुरीपप) को आयोजनामा सुरु भएको मानव अधिकार अनुशिक्षण कार्यक्रमले गाँउपालिकालाई मानव अधिकार मैत्री बनाउन भूमिका निर्वाह गर्ने खजुरा गाँउपालिका वडा नं.४ का अध्यक्ष तिलक बिर सुनारले बताउनु भयो ।


खजुरा ४ मा बुधबार आयोजित मानव अधिकार अनुशिक्षण कार्यक्रममा हुरीपपका अध्यक्ष एंव थर्ड एलायन्सका उप प्रादेशीक प्रमुख आलम खानले सहजीकरण गर्नु भएको थियो । मानव अधिकार उल्लघन,हनन,अपराध र ज्यादतीका बारेमा केन्द्रीत भएर छलफल भएको हुरीपपका सचिव असलम भाटले बताउनु भयो ।

लिला बिकले खजुरा गाँउपालिकामा मानव अधिकार अनुशिक्षणको आयोजना भए पनि राजनितिक रुपमा हुने गरेको बताउदै उहाँले भन्नु भयो,हुरीपपले पहिलो पटक खजुरा गाँउपालिका संगको सहकार्यमा गरेको कार्यक्रम जनता मुखी रहेको र कुनै राजनिति संग नजोडिएको समेत धारण राख्नु भएको थियो ।
स्थानीय शिक्षक ऋषिकेश जिसीले, मानव अधिकार भन्नाले व्यक्तिको जीवन, स्वतन्त्रता, समानता र मर्यादासंँग सम्बन्धित संविधान तथा अन्य प्रचलित कानुनद्वारा प्रदान गरिएका अधिकार तथा नेपाल पक्ष भएका मानवअधिकार सम्बन्धी अन्तर्राष्ट्रिय सन्धि सम्झौतामा निहित अधिकार भएको बताउनु भएको थियो । उहाँले खजुरा गाँउपालिकामा मानव अधिकारको क्षेत्रमा काम गर्ने व्यक्तिहरुको आवश्यकता रहेको औल्याउनु भयो ।

खजुरा ४ का अध्यक्ष तिलक बिर सुनारले खजुरालाई मानव अधिकार मैत्री बनाउन आफनै वडाबाट अभियान सुरु गर्ने बताउनु भयो । खजुरालाई केन्द्रीत गरी सुरु गरेको अभियानले सफलता पाउने बताउदै गाँउ गाँउमा मानव अधिकार रक्षकहरु उत्पादन गर्न अध्यक्ष सुनारले हुरीपपलाई सुझाव दिनु भएको थियो ।
थर्ड एलायन्सका उप प्रादेशीक प्रमुख एंव हुरीपपका अध्यक्ष खानले खजुरा गाँउपालिकाको कार्यालयमा मानव अधिकार डेक्स स्थापना गर्नका पहल गर्न सहभागिहरु संग आग्रह गर्नु भएको थियो । खानले अनुशिक्षणमा सहभागि भएकाहरुबाटै छनोट गरी गाँउ गाँउमा मानव अधिकार रक्षक संजाल निमार्ण गर्ने बताउनु भएको थियो ।

अध्यक्ष सुनारको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथि थर्ड एलायन्सका उप प्रादेशीक प्रमुख एंव हुरीपपका अध्यक्ष आलम खान,हुरीपपका सचिव असलम भाट,सहसचिव मोहिनी बाल्मीकि अधिकारकर्मी शिवानी सिहं लगायतले आ–आफनो धारण राख्नु भएको थियो ।

बुटवल अनलाइन

लेखक बाट थप

प्रतिक्रिया

सम्बन्धित समाचार