मालिका गाँउपालिकाकाे दर्लिङबाट बुटबलका लागि छुटेकाे जीप दुर्घटना, पूर्वसांसद सहित दुईकाे मृत्यु - Butwal Online

हुमाकान्त पाेखरेल,

गुल्मी २८, चैत्र / गुल्मीको मुसिकाेट नगरपालिका १ मा जीप दुर्घटना हुँदा पूर्वसांसद सहित दुईजनाकाे मृत्यु भएकाे छ । मालिका गाँउपालिकाकाे दर्लिङबाट बुटबलका लागि छुटेकाे लु १ ज १९५७ नम्बरकाे जीप बिहान ९ बजे दुर्घटनामा परेकाे हाे ।



दुर्घटनामा परि गुल्मीका पूर्व सासंद समेत रहेका धुर्काेट गाँउपालिका ५ वस्तु निवासी रूद्रमणी शर्मा भण्डारी र मालिका गाँउपालिका १ का अाेसर विककाे ज्यान गएकाे जिल्ला प्रहरी कार्यालय गुल्मीका सुचना अधिकारी रविन्द्र खड्काले जानकारी दिए ।

जीप सडकबाट अन्दाजी १०० मिटर तल खसेकाे छ । जीपमा कुल १० जना सवार रहेकाे र अन्य सबै घाइते भएकाे खड्काले जानकारी दिए । घाइतेलाई उद्दार गरि अस्पताल पठाउने काम भइरहेकाे प्रहरीले जनाएकाे छ ।

हुमाकान्त पोखरेल

हुमाकान्त पोखरेल बुटवल अनलाइनका गुल्मी सम्बादाता हुन्

लेखक बाट थप

प्रतिक्रिया

सम्बन्धित समाचार