जीप दुर्घटनामा मृत्यु हुनेकाे संङ्ख्या तीन पुग्याे - Butwal Online
जीप दुर्घटनामा मृत्यु हुनेकाे संङ्ख्या तीन पुग्याे

हुमाकान्त पाेखरेल,

गुल्मी २८, चैत्र 
गुल्मीको मुसिकाेट नगरपालिका १ मा जीप दुर्घटना हुँदा मृतककाे सङ्ख्या तीन पुगेकाे छ । मालिका गाँउपालिका २ का २६ बर्षिया काैशिला थापाकाे मृत्यु भएसँगै मृतककाे सङ्ख्या तीन पुगेकाे हाे ।



पूर्वसांसद सहित दुईजनाकाे घटनास्थलमै मृत्यु भएकाे थियाे । मालिका गाँउपालिकाकाे दर्लिङबाट बुटबलका लागि छुटेकाे लु १ ज १९५७ नम्बरकाे जीप बिहान ९ बजे दुर्घटनामा परेकाे हाे ।

दुर्घटनामा परि पूर्व सासंद समेत रहेका धुर्काेट गाँउपालिका ५ वस्तु निवासी रूद्रमणी शर्मा भण्डारी र मालिका गाँउपालिका १ का अाेसर विककाे घटनास्थलमै ज्यान गएकाे जिल्ला प्रहरी कार्यालय गुल्मीका सुचना अधिकारी रविन्द्र खड्काले जानकारी दिए ।

जीप सडकबाट अन्दाजी १०० मिटर तल खसेकाे छ । जीपमा कुल १० जना सवार रहेकाे र अन्य सबै घाइते भएकाे खड्काले जानकारी दिए । घाइतेलाई उद्दार गरि अस्पताल पठाउने काम भइरहेकाे प्रहरीले जनाएकाे छ ।

हुमाकान्त पोखरेल

हुमाकान्त पोखरेल बुटवल अनलाइनका गुल्मी सम्बादाता हुन्

लेखक बाट थप

प्रतिक्रिया

सम्बन्धित समाचार