समिट ईग्लिस बोडीङ्ग स्कुलमा पुरस्कार वितरण

बुटवल, २८ चैत 

बुटवल वडा नम्बर ४ मा रहेको समिट ईग्लिस बोडीङ्ग स्कुलमा शैक्षिक सत्र २०७५ को बार्षिक परिक्षाफल प्रकाशन तथा पुरस्कार वितरण कार्यक्रम गरेको छ । विहिबार विद्यालयमा एक कार्यक्रमको आयोजना गरी उत्कृष्ठ विद्यार्थीहरुलाई सम्मान समेत गरिएको हो । विद्यालय व्यवस्थापन समितिका उपाध्यक्ष टोपलाल खनालको अध्यक्षतामा भएको कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका निर्वतमान अध्यक्ष तथा सल्लाहकार राधारमण प्रसाद अग्रहरीको प्रमुख आतिथ्यता रहेको थियो ।

विद्यालयका प्राचार्य राजेन्द्र प्रसाद श्रीवास्तव, सह प्राचार्य टंक प्रसाद रेग्मी, को अडीनेटर सुर थापा, विद्यालयका प्रबन्ध निर्देशक यज्ञ प्रसाद दिक्षित लगायतको आतिथ्यता रहेको थियो ।

कार्यक्रममा अभिभावको तर्फबाट फर्सराम घिमिरे, चन्द्रा बस्याल, नरेन्द्र चौहान, सह प्राचार्य टंक प्रसाद रेग्मी, भुपु विद्यार्थीहरुको समुह समिट एल्मानाई एशोसीयसनका उपाध्यक्ष राम प्रसाद बेल्बासे, विद्यालयका प्राचार्य राजेन्द्र प्रसाद श्रीवास्तव, प्रमुख अतिथि राधारमण अग्रहरी , विद्यालयका प्रबन्ध निर्देशक यज्ञ प्रसाद दिक्षित लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

विद्यालयका शिक्षक मनोज गौतमका अनुसार जुनियर देखि युकेजी सम्म विद्यालय मा उत्कृष्ठ प्रथम इशान खनाल, द्धितिय युनिका खनाल, तृतिय सफल न्यौपाने भएका छन् । यस्तै सिनियर तर्फ कक्षा १ देखि १० सम्ममा प्रथम अंकित खनाल, द्धितिय एलिसा खड्का, तृतियमा मनस्वी अधिकारी भएका छन् ।

ञत विद्यालयका शिक्षक गोमा गौतमको स्वागत मन्तव्य रहेको को कार्यक्रमको सञ्चालन शिक्षक रविना कण्डेलले गरेका थिईन् ।

बुटवल अनलाइन

लेखक बाट थप

प्रतिक्रिया

सम्बन्धित समाचार