२ बर्ष भित्र बुटवलमा केवलकार सरर…
  • केवलकार संचालनको काम २ महिना भित्र सुरु हुने
  • विकाश पराजुली
    बुटवल, २८ चैत / बुटवल देखि पाल्पाको नुवाकोट गढीसम्म सञ्चालन हुने केवलकार संचालनको काम २ महिना भित्र सुरु हुने भएको छ । लामो समय देखि सञ्चालनको प्रक्रियामा रहेको सिद्धार्थ केवलकारले अबको दुई महिना भित्र काम सुरु गर्ने अन्तिम तयारीमा रहेको छ ।


    बुटवलमा अबको दुई महिना पछि सिद्धार्थ केबलकार प्रा.लिको काम सुरु हुने भएको छ । प्रा.लि ले मन्त्रीपरिषद्को निर्णय बाट स्वीकृत लिए संगै अब काम सुरु गर्ने बताएको छ । ऐतिहासिक एवं पुरातात्विक महत्व वोकेको मणि मुकुन्दसेन उद्यान फुलबारी देखि उत्तर पुर्व पट्टिको देउराली बाट पाल्पाको नुवाकोट गढी सम्म संचालन हुने सो केवलकारको लम्बाई २ किमि ९० मिटर रहने छ ।

    २ बर्ष भित्र सञ्चाल गर्ने गरी अहिले प्रा.लिले कामहरु अगाडि बढाएको छ । विभागिय सम्झौता, जिल्ला बाट रुख कटान छपानको आदेश पछि छपान सम्पन्न, माटो परिक्षण सम्पन्न भइसकेको प्रा.लिले बताएको छ । त्यस बाहेक अहिले टावर राख्ने स्थानको माटो परिक्षण र छपानको काम सुरु भएको सिद्धार्थ केबलकार प्रा.लिका सञ्चालक माधव नेपालले बताए ।


    करिव डेढ अर्बको रुपैयामा बन्न लागेको केवलकारमा ४० जनाको लगानी छ । उक्त समुहले नुवाकोटमै हिल साईड रिसोर्ट सञ्चालन गर्ने काम एक साथ सुरु गर्ने बताएको छ ।

    महत्वाकांक्षी योजनाका साथ शुरु भएको सो केवलकारको संञ्चालन भएपछि प्रत्यक्ष ६० जना र अप्रत्यक्ष १ सय ५० जनाले रोजगारी पाउने छन् । केवलकार सञ्चालन पछि लुम्बिनी आउने आन्तारिक एवं बाह्य पर्यटकलाई नुवाकोट सम्म ल्याउन सकिने विश्वास प्रा.लिले गरेको छ । “लुम्बिनीमा आउने चिनिया, थाईल्याण्ड, श्रीङलंका बाट आउने पर्यटकलाई नुवाकोट सम्म ल्याउन सकिन्छ” उनले भने ।


    त्यस्तै बुटवल देखि नुवाकोटगढीसम्म केवलकार संचालनपछि पुरानो बटौली बजार क्षेत्रको विकासमा टेवा पुग्ने बताइएको छ । केवलकारमा अधिकतम ९० देखि १ सय ४० वटा डिब्बा रहनेछन भने किसानका लागि २ वटा ठुला प्रकारका गन्डोला समेत रहने बताइएको छ ।

    बुटवल अनलाइन

    लेखक बाट थप

    प्रतिक्रिया

    सम्बन्धित समाचार