पुलिस क्लवको आगाडी गण्डकी प्रदेश स्तब्ध, ५–० गोलले पुलिस क्लव विजयी - Butwal Online

 बाँके, २८ चैत  
आठौँ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तरगत विहीवार भएको पुरुष हक्की प्रतियोगितामा नेपाल पुलिस क्लवको सामुन्ने गण्डकी प्रदेश स्तब्ध भएको छ । विहीवार विहान भएको पहिलो खेलमा नेपाल पुलिस क्लव ५–० गोलले विजयी भएको हो ।


गण्डकी प्रदेशलाई प्रतियोगिता अवधिभर दवावमा राखेका नेपाल पुलिसका तर्फबाट पाँच वटै गोल जर्सी नंं. १० का खेलाडी रोमन राणाले गरे । उनले खेलको १० औँ, १२ औँ, ३८ औँ, ४५ औँ र ५५ औँ मिनेटमा गोल गरेको हक्कीका मुख्य प्रशिक्षक विजयन्त शर्मा (पिन्टु) ले जानकारी दिए ।
प्रतियोगितामा नेपाल पुलिस क्लवले धेरै पेनाल्टी कर्नर पाए पनि अवसरलाई सदुपयोग गर्न सकेन । पुलिसले ७ र गण्डकी प्रदेशले दुई पेनाल्टी कर्नर पाएको पिन्टुले जानकारी दिए । पुलिस क्वलमा ५ नं. प्रदेशको तर्फबाट खेलिसकेका सात जना पुराना खेलाडी सहभागी छन् ।
विहीवार विहान भएको दोस्रो खेलमा नेपाल आर्मी विजयी भएको छ । आर्मीले १–० गोलले प्रदेश नं. २ लाई पराजित गरेको हो । आर्मीका जर्सी नं. १० का राम शाहले ५६ औँ मिनेटमा गोल गरे । रेफ्रीले गोल भएको गरेको घोषणालाई अस्विकार गरि बाहिर २ नं. प्रदेश पोष्ट बाहिर निस्केपछि रेफ्रीले आर्मीलाई विजयी भएको घोषणा गरेका थिए ।




यसैगरि, विहीबार बेलुकी भएको तेस्रो खेलमा सुदूरपश्चि प्रदेश विजयी भएको छ । गबेलुकी तेस्रो खेल कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेश विजयी भएको छ । सुदूरपश्चिम प्रदेशले कर्णाली प्रदेशलाई ३–० गोलले पराजित गरेको हो । सुदूरपश्चिमको तर्फबाट खेलको १७ औँ मिनेटमा जर्सी नंं. १५ का राम परियारले पहिलो गोल गरे । त्सयैसगरि, ४३ औँ मिनेटमा ११ नं. जर्सीका भिमदत्त भट्ट र ५० औँ मिनेटमा २ नं. जर्सीका कान्तुराम पनेरुले एक–एक गोल गरेको मुख्य प्रशिक्षक पिन्टुले जानकारी दिए ।
प्रतियोगितामा सुदूरपश्चिमले ६ र कर्णाली प्रदेशले दुई पेनाल्टी कर्नर पाएका थिए ।

खगेन्द्र दाहाल

खगेन्द्र दाहाल बुटवल अनलाइनका नेपालगञ्ज सम्बादाता हुन्

लेखक बाट थप

प्रतिक्रिया

सम्बन्धित समाचार