बुटवल २८, चैत 
श्री सत्मार्ग बचत तथा ऋण सहकारी संस्थाको आठौं वार्षिक उत्सव सम्पन्न भएको छ । बुटवल– अमरपथ (विपि चोक)मा सञ्चालित उक्त सहकारी संस्थाले आज आठौं वार्षिक उत्सव सम्पन्न गरेको हो ।


विगतका वर्षहरुमा जस्तै यसपाली पनि संस्थाले सामान्य चियापानसँगै आफ्नै कार्यालयमा वार्षिक उत्सव मनाएको स्रोतले बताएको छ । आर्थिक संस्थाको पहिचान बोके पनि आर्थिक उन्नतिसँगै समाजमुखी कार्यलाई प्राथमिकता दिनु पर्छ भन्ने नीति अनुरुप ठुलो खर्चमा हुने वार्षिक उत्सव मनाउने परम्परालाई त्यागेर बचत हुन आएको रकमबाट आर्थिक अवस्था कमजोर भएको ५ वर्षीय बालक कुशल विश्वकर्मालाई गरिब जेहेन्दारलाई शिक्षा कार्यक्रम अन्तर्गत नयाँ शैक्षिक सत्रदेखि कक्षा १ मा भर्ना गरी कक्षा दशसम्म आफ्नो अभिभावकत्वमा संस्थाले पढाउने घोषणा गरेको संस्थाका आन्तरिक लेखा समिति तथा गरिब जेहेन्दारलाई शिक्षा कार्यक्रमका संयोजक सावित्रा विश्वकर्माले जानकारी दिनु भयो । श्री सत्मार्ग बचत तथा ऋण सहकारी संस्थाको अभिभावकत्वमा अध्ययन गर्न पाउने बालक बुटवल–११, बुद्धनगरमा बस्छन् ।
उनकी आमा अपाङ्ग हुनुहुन्छ भने बुबाको पहिलै मृत्यु भईसकेको छ । संस्थाको अभिभावकीय संरक्षण रहनेगरी सञ्चालित गरिब जेहेन्दार विद्यार्थीलाई शिक्षा कार्यक्रमको संयोजक सावित्रा विश्वकर्मा रहने निर्णय आठौं वार्षिक उत्सव कार्यक्रमकाबीच संस्थाले गरेको हो ।
संस्थाका उपाध्यक्ष दीपक विश्वकर्माले स्वागत मन्तव्य राख्नु भएको थियो ।

संस्थाका अध्यक्ष हरि बहादुर गहतराजले संस्थाले भोग्नु परेको अप्ठेरा, पार गरेको उतारचढाउ, आर्थिक प्रगति तथा आगमी दिनमा संस्थालाई कसरी लैजाने भन्ने सम्बन्धमा बोल्नु भएको थियो ।
प्रारम्भिक चरणदेखि वर्तमानसम्ममा संस्था के थियो, के भयो र भोलि कस्तो हुने विषयमा केन्द्रित रहेर रेवन्त विश्वकर्माले बोल्नु भएको थियो ।
एम.बि. विश्वकर्माको प्रमुख आतिथ्यतामा सम्पन्न सामान्य चियापानसहितको उक्त वार्षिक उत्सव कार्यक्रममा संस्थाका सल्लाहकार सीतारम रसाइली, रेवन्त विश्वकर्मा, सन्तोष विश्वकर्मा र रामचन्द्र विश्वकर्मा अतिथि रहनु भएको थियो भने कार्यक्रम संस्थाका सचिव ईश्वरी गहतराजले सञ्चालन गर्नुभएको थियो ।

बुटवल अनलाइन

लेखक बाट थप

प्रतिक्रिया

सम्बन्धित समाचार