डेढ अर्बको लागतमा बुटवलमा केबलकार सञ्चालन हुँदै

बुटवल, २९ चैत

बुटवल देखि पाल्पाको नुवाकोट गढीसम्म सञ्चालन हुने केवलकार संचालनको काम २ महिना भित्र सुरु हुने भएको छ । लामो समय देखि सञ्चालनको प्रक्रियामा रहेको सिद्धार्थ केवलकारले अबको दुई महिना भित्र काम सुरु गर्ने अन्तिम तयारीमा रहेको छ ।

बुटवलमा अबको दुई महिना पछि सिद्धार्थ केबलकार प्रा.लिको काम सुरु हुने भएको छ । प्रा.लि ले मन्त्रीपरिषद्को निर्णय बाट स्वीकृत लिए संगै अब काम सुरु गर्ने बताएको छ । ऐतिहासिक एवं पुरातात्विक महत्व वोकेको मणि मुकुन्दसेन उद्यान फुलबारी देखि उत्तर पुर्व पट्टिको देउराली बाट पाल्पाको नुवाकोट गढी सम्म संचालन हुने सो केवलकारको लम्बाई २ किमि ९० मिटर रहने छ । २ बर्ष भित्र सञ्चाल गर्ने गरी अहिले प्रा.लिले कामहरु अगाडि बढाएको छ । विभागिय सम्झौता, जिल्ला बाट रुख कटान छपानको आदेश पछि छपान सम्पन्न, माटो परिक्षण सम्पन्न भइसकेको प्रा.लिले बताएको छ ।

बुटवल अनलाइन

लेखक बाट थप

प्रतिक्रिया

सम्बन्धित समाचार