पुर्व सांसद भण्डारीको अन्त्येष्टि : रामचन्द्र पौडेल र शशांक कोईरालाले कांग्रेसको झन्डा ओढाएर दिए श्रद्धाञ्जली - Butwal Online

घटना लोकतान्त्रिक इतिहासमा ज्यादै दुखद

हुमाकान्त पोखरेल
गुल्मी २९, चैत्र /  बिहिबार जीप दुर्घटनामा मृत्यु भएका पुर्व सांसद रुद्रमणी शर्मा भण्डारीको अन्त्येष्टि गरिएको छ । नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेल, कांग्रेस महामन्त्री डाक्टर शसांक कोइरालाले दिवंगत भण्डारीको पार्थिव शरिरमा पार्टीको झण्डा ओढाएर अन्तिम श्रद्धाञ्जली दिएका थिए ।


त्यस्तै श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण बिष्ट पनि सांसद भण्डारीलाई श्रद्धाञ्जली व्यक्त गर्न पुगेका थिए । उनले आदर्शबादी नेता रुद्रमणीको मृत्युले कांग्रेसलाई मात्रै नभएर सिङ्गो जिल्लालाई क्षति पुगेको बताए । मन्त्री बिष्टले भण्डारीको निष्ठा, सोच र आर्दशता सवै पार्टी, नेता र कार्यक्रताको लागि प्रेरणाको बिषय भएको बताए ।



नेपाली कांग्रेस गुल्मीले राखेको शोक सभालाई संबोधन गर्दै कांग्रेस बरिष्ठ नेता रामचन्द्र पौडेलले यो घटना लोकतान्त्रिक इतिहासमा ज्यादै दुखद भएको बताए । मृत्यु सत्य भएकाले अव भण्डारीको निष्ठा र सपनालाई पुरा गर्ने काम पार्टीको भएको बताए । महामन्त्री शसांक कोइरालाले पछिल्लो समयको आर्दश पुरुषको निधनले आफुहरुलाई ठुलो क्षति पुगेकाले यसको परिपुरणमा सवै मिले अगाडी बढ्नुको बिकल्प नभएको बताए ।
त्यस्तै ५ नं प्रदेश सभा सदस्य दिनेश पन्थीले दिवङगत भण्डारीको भौतिव उपस्थिती अव नभए पनि उहाँले देखाएको बाटो, विकास र बिचार सम्पूर्ण गुल्मेलीमा अडिग भएर रहेको बताए

। त्यस्तै कांग्रेस केन्द्रिय डाक्टर सदस्य चन्द्र भण्डारी जिल्लाको असल अभिभावक मात्रै नभएर लोकतान्त्रिक मुल्य र मान्यतामा समेत क्षति पुगेको बताए । उनले नियती कसैको पकडमा नभएकाले शोकलाई शक्तिमा रुपान्तरण गरेर रुद्रमणीले देखाएको बाटोमा अगाडी बढ्नुपर्नेमा जोड दिए ।
कांग्रेस जिल्ला पार्टी सभापति भुवन प्रसाद श्रेष्ठले संगठन बिस्तार अभियानकै क्रममा ढलेका साद्गी एवं आर्दशबादी नेताको दुर्घटनाले पार्टीमा ठुलो क्षति पुगेको बताए । उनले रुद्रमणीको आर्दश, सोच र सपनालाई पार्टीको तर्फबाट आफुहरुले पुरा गरेर देखाउने प्रतिबद्धता व्यक्त गरे ।

त्यस्तै गुल्मीका पुर्व पार्टी सभापति त्रैलोक्य प्रताप सेनल, चन्द्र केसी, नेकपा जिल्ला सचिव बुद्धि जिसी लगायतले शोक मन्तव्य व्यक्त गरेका थिए । गुल्मीको मुसिकोट नगरपालिका १ थामको च्यानडाँडामा भएको जीप दुर्घटनामा भण्डारीसहित तीन जनाको मृत्यु भएको थियो । दुर्घटनामा मालिका गाउँपालिका २ का ८ बर्षिय ओस्कर विक र सोहि स्थानकै २६ बर्षीया कौशिला थापाको ज्यान गएको थियो । घाइते सात जनाको विभिन्न स्वास्थ्य संस्थाहरुमा उपचार भइरहेको छ । नेता भण्डारीको धुर्कोट गाउँपालिका ५ वस्तुको लामीडाँडा घाटमा आजै अन्त्येष्टि गरिएको छ ।

 

को हुन कांग्रेस नेता तथा पूर्व सांसद भण्डारी ?

सवैका सवैप्रिय नेता धुर्कोट गाउँपालिका ५ वस्तु निवासी रुद्रमणी शर्मा भण्डारी २००४ साल कार्तिक १५ गते बुवा उमाकान्त भण्डारी र आमा कौशिला भण्डारीको कोखबाट जन्मिएका थिए । उनले संस्कृत शिक्षामा स्नातकसम्म अध्ययन गरेका छन् । भण्डारीले नेपाली कांग्रेस निकट विद्यार्थी संगठन नेविसंघबाट आफ्नो राजनीति सुरु गरेका थिए । तत्कालीन शासकहरूले राजनीतिक दल माथि प्रतिबन्ध लगाएपछि दिवंगत भण्डारीले बाग्लुङका विभिन्न बिद्यालयहरुमा अध्यापन समेत गराएका थिए ।

अध्यापनसंगै लुकेर राजनीतिक गतिविधिमा सामेल हुने गर्थे । नेपाली कांग्रेस गुल्मीका पार्टी सभापति भुवनप्रसाद श्रेष्ठका अनुसार भण्डारी नेपाल विद्यार्थी संघ गुल्मीका संस्थापक जिल्ला सदस्यबाट खुल्ला राजनीतिकमा समावेश भएका थिए । उनी २०४८ सालमा नेपाली कांग्रेसको तर्फबाट गुल्मी क्षेत्र नं ३ को सांसदमा बिजयी भएका थिए । पछि २०५८ सालमा पार्टीकोे जिल्ला सभापति समेत बने । पछिल्लोे समय महाधिवेशन प्रतिनिधिको रुपमा पार्टीको गतिविधीमा सक्रियनै रहेका थिए ।

हुमाकान्त पोखरेल

हुमाकान्त पोखरेल बुटवल अनलाइनका गुल्मी सम्बादाता हुन्

लेखक बाट थप

प्रतिक्रिया

सम्बन्धित समाचार