४२ किलोको खुकुरी, पैसा तिरेर फोटो खिचाउन भिड

खुकुरी हेर्न पनि पैसा १ सुन्दा अनौठो लाग्नसक्छ। तर, जिल्लाको पश्चिम क्षेत्रमा बसोबास गर्ने एक व्यक्तिले बनाएको आकर्षक खुकुरी पैसा तिरेरै हेर्ने र फोटो खिच्नेको घुइँचो लागेको छ।

बागलुङ र गुल्मीका विभिन्न स्थानमा लगाइने मेला महोत्सवमा खुकुरी विशेष आकर्षण बन्ने गरेको छ। बागलुङको प्रसिद्ध धार्मिकस्थल कालिका भगवति मन्दिर परिसरमा आयोजित परम्परागत चैत्राष्टमी मेलामा जिल्लाको ढोरपाटन नगरपालिकाको अधिकारचौर घर भएका मनबहादुर श्रीपालीले निर्माण गरेको खुकुरी धेरैको आकर्षण बनेको छ।

४२ किलोको खुकुरीको विक्री मुल्य १ लाख ११ हजार १११ छ भने अर्को २२ किलोको खुकुरीको मुल्य ९९ हजार ९९९ छ । खुकुरी हेरेर फोटो खिचाएको एक व्यक्तिबाट २० रुपैयाँ लिने गरेको श्रीपालीले बताए। उनलाई खुकुरी प्रदर्शनीमा राख्नका लागि घरेलु तथा साना उद्योग कार्यालयले निस्शुल्क स्टल उपलब्ध गराएको छ।

‘औषत हतियार भन्दा ठूलो र महँगो भएकाले धेरैको आकर्षण बनेको छ, आफ्नो सिप कला कौशल पनि देखाउन पाएको छु,’ उनले भने,‘गाउँबाट आफु सहित गह्रौ खुकुरी ल्याउदा लैजादा पनि खर्च हुन्छ, त्यो खर्च सहजै उठ्ने गरेको छ।’ यो खबर आजको अन्नपूर्ण पोस्टमा लेखिएको छ ।

बुटवल अनलाइन

लेखक बाट थप

प्रतिक्रिया

सम्बन्धित समाचार