मानवता हराउँदै गएका मान्छेहरु

मान्छे बुद्धि भएको सर्बश्रेष्ठ प्राणीमा गनिन्छ । सबैले यसै भन्छन् ,मान्छे अति संबेदनशिल प्राणीमा गनिन्छ । तर ब्यवहारहरु हेर्दैजाँदा यो कुरा अव लगभग झुटो साबित हुँदै गएको महशुस हुन्छ । मानिस मानवताहीन बन्दै गएको छ । घरपरिवारका सदस्य देखि,समाज संघसंस्थाका प्रतिनिधी, जनप्रतिनिधी अनि कर्मचारी समेत लोभिपापी बन्दै गएका छ न् ।

जनताको खुन पसिनाबाट लिएको कर राष्ट्रिय ढुकुटीमा सरकारका मन्त्री, कर्मचारी ,सांसदका आँखा गडेका त हुन्छन् नै , त्यसैगरि बिभिन्न पार्टीका नेताहरु जो सरकार वा प्रतिपक्षमा पुगेका छन् ,उनिहरु पनि बिभिन्न बहानामा राष्ट्रकै ढुकुटी रित्याउन तल्लिन देखिन्छन् । चाहे उपचारका नाममा होस वा आफना कार्यकर्तालाई बाँड्न होस् ।

उनिहरुले यो सोच्दैनन् कि यो जनताको नासो हो यसबाट जनताकै निम्ती काम गर्नुपर्छ । तर मौका पाएसम्म जो कोहीले पैसा लिईहाल्छन् । यो राज्यका बिभिन्न निकाय, तह तप्कामा बस्ने अवसर पाएका मान्छेको प्रबृतिको कुरा हो । जुन हामीले प्रष्ट सँग देख्दै आएका छौ र सुन्दै पनि आएका छौं ।

यही कुरा घरपरिवारमा पनि लागुहुन्छ । बुढाबुढीप्रति गर्नुपर्ने कर्तब्य, माया ममता, मान सम्मान र उनिहरुप्रति गरिने ब्यवहार आजकल सबै पैसामा टिक्न र बिक्न थालेको छ । केही दैनिक वा मासिक आयश्रोत आउने बाउआमा छन् भने उनिहरुलाई छोरा बुहारीबाट गरिने ब्यवहार र आयश्रोत नहुने बुढाबुढीलाई गरिने ब्यवहारमा फरक हुन थालेको छ । सन्ताले आफना बुढाबुढी बाउ आमाप्रतिको कर्तब्य बिर्सिदै र कुल्चिदै गएका छ न् ।

आयश्रोत नभएका बृद्ध बाउआमा छन् भने उनिहरु प्रति हेलाहोचो , दुर्ब्यवहारगर्ने गरेको हाम्रै गाउँ शहरका समाजमा तमाम देख्न पाईन्छ । समाजको लागि गर्नुपर्ने कर्तब्य भुलेर भोलीको लागि नसोंचेर मानिस आफनै लागि लोभि पापी र आफनो मात्र स्र्वाथ हेर्ने स्वार्थी बन्दै गएको छ । गाउँ समाजमा यतिसम्म देखिन्छ कि सरकारले बुढाबुढीलाई दिने बृद्ध भत्ता,एकल महिलाले पाउने भत्तामा समेत सन्तानका आँखा लाग्ने गरेका भेटिन्छन् ।

भत्ता बुझन जाँदा बाउ आमा डोराउँदै लैजाने अनि पैसा बुझेपछि त्यो पैसा बुढाबुढीबाट खोसेर आफूले लिने गरेको पनि पाईन्छ । त्यस्तै जन प्रतिनिधी नभएको समयमा गाविस र नगर सचिवले मृत्यु भईसकेका बृद्धबृद्धालाई जिवित देखाई भत्ता आफैले बुझेर खाएका घटना सुनिन्थ्यो । अहिले पनि धेरै ठाउँमा त्यस्तो भएको होला । खोई त्यहाँ मानवता रु मृत्युभएका बृद्धहरुको रकम त राष्ट्रकै ढुकुटीमा सुरक्षित रहनुपथ्र्यो नि । तर रहँदैन,कागजपत्र मिलाएर खाने प्रबृतिको ,खोजीनिति गर्ने कसले रु माथिदेखि तलसम्म खाने नै खाने संयन्त्रको बिकाश भएकोछ । कोही कसको मान्छे ,कोही कसको कार्यकर्ता । माथिको तोक आदेश र भनसुनले सबै मिलाउने भएकोले यस्ता काम भईरहेका छन् ।

पैसा देखेपछि शिवजीका ९शिब नाम गरेका कुनै पहुँचवाला मानिस हुनसक्छन् ० का त्रीनेत्र खुल्छन् भन्ने आहान साँचो रहेछ । यो कुरा पदमा बसेका मानिसको प्रबृतिको हो ।
अव अलिकति सन्र्दर्भ बदलौं । कुरा मानव प्रबृतिकै हो । विश्वमा वा हाम्रो देशमा बेलाबेलामा ठूला ठूला प्राकृतिक बिपत्ति आई रहन्छन् । यस्ता बिपत्तिमा कयौको ज्यान जान्छ ,कोही घाईते र घरबार बिहिन हुन पुग्छन् । जनधनको क्षति हुन्छ । त्यस्तो बिपत्ति त्यस्ता प्राकृतिक बिपत्ति आधिबेरी,बाढी पहिरो,भुकम्प लगायतका जे पनि हुन्छन् ।

दुर्गा पौडयाल
तिनपा ३ शंकरनगर

यि प्राकृतिक बिपत्ति मानिसले रोक्न चाहेर पनि रोक्न सक्दैन । हो, मौषमबिदहरुले पूर्व सूचना दिएमा सम्भव भएसम्म सुरक्षित स्थानमा सरेर ज्यान जोगाउन सकिएला, नत्र क्षति ब्यर्होनुको बिकल्प छैन । हाम्रो देशका मौषमविदहरुले झयालबाट बाहिर टाउको निकालेर मौषमको अनुमान र्गछन् र सार्वजनिक र्गछन् । अर्को कुरा यथेष्ट साधनश्रोत पनि छैन र साधन जुटाउने काम पनि छिटो हुँदैन । सरकारमा रहेका अँध्यारोमा झटारोको राजनितीगर्नेहरुले जुटाउँन पनि खोज्दैनन् ।

जुटाउन खोजेभने पनि त्यहाँ कमिशनको चक्र चलाईन्छ ।
रहयो कुरा पिडितहरुलाई सहयोग र पुर्नस्थापनाको । यस्ता प्रकोपमा परेकालाई पुर्नस्थापना गर्ने, खाने बस्ने, ओतलाग्ने ब्यवस्था गर्ने,घाईतेहरुको औषधी उपचारको ब्यवस्था मिलाउने,मृतकका परिवारलाई सहयोग र राहतदिने सबै काम सरकारको हुनुपर्ने हो । त्यो स्थानीय,प्रादेशिक र केन्द्रीय सरको दायित्व भित्र पर्नुपर्छ । यस्तो बेला देश बिदेशबाट पनि सहयोग आउँछ । देश भित्रकै बिभिन्न संघसस्था र ब्यक्तिगत पनि सहयोग आईरहेको हुन्छ । प्रकोपमा परेकाहरुलाई गरिने सहयोग र राहतका सामानको थुप्रोलाग्छ । त्यसलाई ब्यवस्थित तरिकाले बितरण गर्ने गराउने काम पनि सरकारकैहुन्छ ।

तर सरकार तुरुन्त प्रकोप स्थलमा पुगेर राहत दिनु ,सहानुभूति दिनु,घाईतेलाई उपचारमा लैजानु वा लैजान निर्देशनगर्नुको साटो हवाई निरिक्षण गरेर फर्कन्छन् । कोही सरकारी गाडीमा झण्डा हल्लाउँदै घटना भएका ठाउँ निरिक्षणगर्न पालै पालै पुग्छन् । राहतका अन्न पानी खुवाउनुको साटो बुङ् बुङ् धुलो उडेको धुलो खान बाध्य र्पाछन् । एकलाख राहत प्रदानगर्न पचासलाख आफनो आवागमनमा र नास्तापानीमा खर्च गर्छन् । प्रहरी प्रसासन पिडितको उद्दारमा लाग्नु पर्नेमा तिनै मन्त्री र ठूलाबडाको सुरक्षामा खटिदा ठिक्क हुन्छ । मानौ प्राकृतिक प्रकोप स्थल उनिहरुका रमिता हेर्ने,कमाई र मनोरञ्जन लिने ठाउँ हुन् रु
अर्को कुरा सरकारी वा गैर सरकारी संघसंस्था,स्थानीय क्लबरुले संकलन गरेर पठाएको राहत सामाग्री पनि बास्तविक पिडित सम्म पुग्दैन । त्यसमा पनि पिडित नभएका लोभिपापीहरुको नजर राहत सामाग्रीमा पुगिसक्छ र उनिहरु नै त्यहाँ भान्से बन्छन् । जो वास्तबिक पिडित हुन् उनले राहतका नाममा एकमाना भुजा चिउरा र एउटा नुनको पोको बाहेक केही पाउँदैनन् ।

यस्तै देखिएको छ प्रकोप प्रभावित गाउँ ठाउँहरुमा । उदाहरणकालागि बहत्तर सालको भुकम्प, कोशी डुवानमा परेका गाउँ ठाउँ र अहिलेको हावाहुरी प्रभावित बारा, पर्साका गाउँठाउँहरुलाई लिन सकिन्छ । भुकम्प गएको चारवर्ष भयो । धेरै भुकम्प पिडितहरुको अझै गाँसबासको ठेगान छैन । तर भूकम्प पिडितलाई दिन राहतको सिंढी चढेर शहर बजारमा आलिसान महल धेरैले ठड्याइसकेका छन् । भूकम्प गएकाबेला संकलन भएका राहत सामाग्री जस्तापाता ,टेन्ट त्रिपाल र खानेकुरा समेत बाँड्न लैजाने ठाउँमा खटिएका टाठाबाठा ब्यक्तीले लुकाएको समाचार आएका छन् । घरबनाउन दिने राहतको पैसा पनि मर्कामा नपरेकाले लिए ।

त्यस्ता समाचार र दृश्यहरु संचारमाध्यममा लेखिए,भनिए र देखाइए पनि । त्यस्तै सप्त कोशिको बाढीमा परेकाहरुको राहत सामाग्री पनि उसैगरि कर्मचारी,स्थानीय टाठाबाठाकै हातमा धेरैपुग्यो । अहिले पर्सा बाराका हावाहुरिका पिडितहरुको हालत पनि त्यही भएको छ । वास्तविक पिडितहरुलेले पाउनुभन्दा अन्य टाठा बाठाले नै चोरबाटोबाट राहत सामाग्री ओर्साने गरेका समाचार आईरहेका छन् । जहाँ पनि जो टाठो बाठो छ जसको पहुच छ , जसको कुनै क्षति पनि भएको छैन उसैलाई सबैभन्दा पहिला राहत सामाग्री चाहिन्छ ।

जो निरिह छन् ,बोल्न सक्दैनन् उनिहरु जुनसुकै प्रकोपका बेला ठगिएकै हुन्छन् । रित्तोहात फर्कन बाध्य हुन्छन् । प्राकृतिक प्रकोप आउनु टाठा बाठालाई कमाउने खाने अवसर बन्दै आएको देखिएकोछ । त्यस्तो देख्दा लाग्छ अव मानिसमा मानवता मानवीय सभ्यता,संस्कार संस्कृति ,सम्बेदनशिलता ,सत्यता,सदभाव भन्ने चिज साँच्चै नै हराएको छ ।
के यो नेपालीको नियती नै हो त र?

बुटवल अनलाइन

लेखक बाट थप

प्रतिक्रिया

सम्बन्धित समाचार