बुटवलको सडकमै फले टमाटर र भेन्डी (फोटो फिचर)

बुटवल । बुटवल–बेलहिया सिक्सलेन सडकलाई हरियाली बनाउन तिलोत्तमा नगरपालिकाबाट सुरु भएको अभियान अहिले बुटवलमा पनि जारी छ । अभियानले व्यापकता पाउन थालेपछि अब बुटवल–बेलहिया सिक्सलेन सडक थप आकर्षक देखिँदै गएको छ ।

तिलोत्तमा–५ मणिग्रामबाट सुरु भएको सडक हरियाली प्रवद्र्धन अभियान सिक्सलेन निर्माण पूरा भएको स्थानमा चलिरहेको छ । एकपछि अर्को गर्दै सडक आसपासका स्थानीय बासिन्दा, विभिन्न संघ–संस्थाहरु सडकलाई आकर्षक बनाउन कस्सिएका छन् । बुटवल–बेलहिया व्यापारिक मार्ग विस्तार आयोजनाले ग्रीन जोनमा लगाएका विरुवाहरु हुर्कन नसकिरहेको सन्दर्भमा स्थानीय बासिन्दाहरु आफैं सडक हरियाली प्रवद्र्धन अभियानमा जुटेका हुन् ।

सडकमा अहिले फुल मात्र हैन लसुन, प्याज, टमाटर, मकै, काउली खेती पनि गरिएको छ । कार्तिकबाट मणिग्रामका सुरज काफ्ले र रमेश पाण्डेले सडक हरियाली अभियान सुरु गरेका थिए । यो अभियानलाई एकपछि अर्को गर्दै सडक आसपासका बासिन्दाले साथ दिएका हुन् ।
तिलोत्तमामा ग्रीन जोनका साथै डिभाईडरमा समेत हरियाली प्रवद्र्धनको काम भइरहेको छ ।

तिलोत्तमा नगरपालिकाको हरीयाली सडक अभियानअन्र्तगत दुवै छेउका डिभाईडरमा धुपी, गोदावरी सयपत्रीलगायतका फुल रोपिएको छ । नगरपालिकाले सुरु गरेको यो अभियानले अन्य क्षेत्रका समुदायलाई समेत प्रेरणा मिल्ने नगरपालिका प्रतिनिधीको भनाइ छ ।

बुटवल अनलाइन

लेखक बाट थप

प्रतिक्रिया

सम्बन्धित समाचार