उपमहानगरपालिकाका मेयर शिवराज सुवेदीले नया बर्ष २०७६ सालको शुभकामना सन्देश जारि गर्दै स्वदेश र विदेशमा रहनु भएका सम्पूर्ण नेपाली दिदीवहिनी दाजुभाइहरुमा हार्दिक शुभकामना व्यक्त गरेका हुन ।

नयाँवर्ष २०७६ को अवसरमा स्वदेश र विदेशमा रहनु भएका सम्पूर्ण नेपाली दिदीवहिनी दाजुभाइहरुमा हार्दिक शुभकामना व्यक्त गर्दछु । नयाँवर्षको नयाँ उमंग, नयाँ उत्साह र नयाँ अठोट समृद्ध नेपाल निर्माणको आधार वन्न सफल हुने विश्वाससमेत यहीँ अवसरमा व्यक्त गर्न चाहन्छु ।
अहिले मुलुक नयाँ युगमा प्रवेश गरेको छ । संघीयताको व्यवहारिक कार्यान्वयनको चरण सुरु भएको छ । २०७५ ले संघीयता कार्यान्वयन र समृद्धिको आधार तयार पारेको छ र यो नयाँ वर्षले अझ साकार पार्न मद्दत मिल्नेछ । स्थानीय, प्रदेश र संघीय सरकारले प्रष्ट मार्गचित्र तयार गर्दै अघि बढ्न सफल भएका छन् ।


संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनापछि मुलुकमा राजनैतिक अधिकार प्राप्तिको आन्दोलनको चरण आधारभूत रुपमा समाप्त भएको छ । अब “समृद्ध बुटवल र सुखी बुटवलबासी” निर्माणको अभियानलाई साकार पार्नुपर्ने छ । यहीँ काममा बुटवल उपमहानगर दृढ संकल्पित रहेको कुरा यहाँ स्मरण गराउन चाहन्छौ । अव विकसित र समृद्ध नेपाल निर्माण गर्ने अभियानमा सबै मिलेर जुट्नु आवश्यक छ । बुटवल उपमहानगरपालिका सहितका स्थानीय सरकारले तयार पारेका विकास र समृद्धिका आधारहरुलाई प्रदेश र संघीय सरकारसमेतका सहकार्यमा समृद्ध नेपाल निर्माणको महाअभियान साकार पार्नुपर्ने छ । यो अभियानमा जुट्न हामी बुटवलबासी सबै कृत संकल्पित छौ ।
नयाँवर्षको नयाँ उमंग र उत्साहका माध्यमबाट बुटवललाई मुलुककै उत्कृष्ट समृद्ध र सबल नगर बनाउन साझा संकल्प गरौं । समृद्ध बुटवलका माध्यमवाट समृद्ध प्रदेश र समृद्ध राष्ट्र निर्माण गर्ने साझा संकल्पको राष्ट्रिय अभियानमा साथ दिनुहुन बुटवल उपमहानगरपालिकाका १९ वटै वडामा रहनुभएका र बुटवललाई माया गर्नुहुने सबै राजनैतिक दल, सामाजिक संघ संस्था, राष्ट्रसेवक कर्मचारी, सञ्चारकर्मी र आम नागरिकमा हार्दिक अपिल गर्दछौं । नयाँवर्ष २०७६ को अवसरमा सबैमा हार्दिक मंगलमय शुभकामना ।
प्रमुख, बुटवल उपमहानगरपालिका रुपन्देही !

बुटवल अनलाइन

लेखक बाट थप

प्रतिक्रिया

सम्बन्धित समाचार