बुटवल, १ बैशाख 

प्रदेश नं. ५ सरकारले अघि सारेको लुम्बिनी भ्रमणको अवसरमा तिलोत्तमा नगरपालिकाले बुद्धको मुर्ति अनावरण गरेको छ । नया बर्षको शुभारम्भ संगै लुम्विनी भ्रमण बर्षको प्रचार अभियान थालेको तिलोत्तमा नगरपालिकाले प्रचार अभियानलाई तिब्र बनाउने उदेश्यले बुद्ध मुती राख्न सूरु गरिएको बताएको छ ।


बेलहिया बुटवल ब्यापारीक मार्ग अन्तरगत तिलोत्तमा नगरपालिका सिमा क्षेत्र भित्र पर्ने योगीकुटी देखि कोटिहवा सम्मको सडकको मध्य भागमा गौतम बुद्ध र बुद्ध जिवनसंग जोडिएका मुर्तीहरु राखिने छन ।्
तिलोत्तमा नगरपालिकाद्धारा आईतवार बिहान आयोजित बिशेष कार्यक्रममा प्रदेश ५ सरकारका उद्योग, पर्यटन, बन तथा बातावरण मन्त्री लिला गिरीले योगिकुटीमा निर्माण गरीएको लिटील बुद्धको मुर्ती अनावरण गरेर प्रचार अभियानको शुभारम्भ गरे ।

मन्त्री गिरीले तिलोत्तमा नगर पालिकाले प्रदेश सरकारको लुम्विनी भ्रमण बर्ष मनाउने अभियानलाई सहयोग पुग्ने गरी तयारी गरेकोमा खुसी ब्यक्त गरे ।गिरीले गौतम बुद्ध मुर्ती पुजाको बिरोधी भए पनि बुद्धको मुर्ती निर्माणलाई अन्यथा लिन नहुने उल्लेख गर्दै बुद्धको मुर्ती राखिएको स्थानले बुद्धको दर्शनको स्मरण र लुम्विनीको सन्देश प्रवाह गर्न सहयोग पु¥याउने बताए ।
उनले शान्ति र भाईचाराका लागि बुद्धले दिएका सन्देशलाई सवैले अनुसरण गर्र्नु पर्ने बताउदै शान्ति र एकताबाट मुलुक समृद्धीको दिशामा अघि बढने सक्ने धारणा ब्यक्त गरे ।
कार्यक्रममा बोल्दै नेपाल कम्युनिष्ट पार्टि (नेकपा) नगर अध्यक्ष मोहन चापागाईले लुम्विनी नै नेपाललाई बिश्वभर पहिचान दिन सक्ने स्थान भएकोले लुम्विनीको महत्वलाई भुल्न नहुने बताए । नेपाली कांग्रेसका तिलोत्तमा नगर अध्यक्ष हरिलाल पाण्डेले तिलौत्तमा नगरपालिका बिकास निर्माणको काममा अग्र पंक्तिमा रहेको भन्दै खुसी ब्यक्त गरे ।

उनले नगरपालिकाले सवै दल बर्ग र समुदायलाई समेटेर अगाडी बढेका कारण सफल भएको भन्दै आगामी दिनमा निरन्तर सहकार्यको अपेक्षा रहेको बताए । यस बर्षको बुद्ध पुर्णीमा देखि आगामी बर्षको बुद्ध पुर्णिमा सम्मलाई प्रदेश ५ सरकारले लुम्विनी भ्रमण बर्षको रुपमा मनाउने घोषणा गरेको छ ।तिलोत्तमा नगरपालिकाले यस बर्षको बुद्ध पुर्णिमा सम्म योगिकुटी देखि मंगलापुर सम्मको करिव ७ किलोमिटरको दुरीमा २० वटा मुर्ती निर्माण गरी राखि सक्ने नगर प्रमुख बासुदेव घिमिरेले जानकारी दिए ।
नगर प्रमुख घिमिरेले प्रदेश सरकारको लुम्विनी भ्रमण बर्षलाई सघाउन नया बर्षको पहिलो दिनबाट नगर पालिकाले प्रचार अभियान थालनी गरेको बताए । नगरपालिकाले यसबर्षको बजेट बाट गौतमबुद्ध, मायादेवी , सुद्धोधन र बुद्ध जिवन संग जोडिएका मुर्तीहरु निर्माण गरी सडकको मध्यभागमा राख्ने कार्यका लागि ५० लाख रुपैया बिनियोजन गरेको जनाएको छ ।

बुटवल अनलाइन

लेखक बाट थप

प्रतिक्रिया

सम्बन्धित समाचार