चौथो राष्ट्रिय फेन्सिङको उपाधि आर्मी लाई

आठौं रास्ट्रीय खेलकुद अन्तर्गत चौथो राष्ट्रिय फेन्सिङको  उपाधि आर्मी लाई । ६ स्वर्ण, ४ रजत र ५ कांस्य जित्दै आर्मी समग्रमा च्याम्पियन बन्यो ।

दोश्रो भएको एपीएफले ३ स्वर्ण, ५ रजत र ५ कांस्य जित्यो । ३ स्वर्ण, २ रजत र ६ कांस्यसाथ प्रदेश ३ ले तेश्रो स्थानमा चित्त बुझायो । प्रदेश १ ले ५ रजत, प्रदेश ४ ले २ रजत र सुदूरपश्चिम प्रदेशले १ कांस्य हात पार्दै क्रमशः चौथोदेखि छैटौं स्थानमा यात्रा टुंगाए ।

विजेतालाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव केशवकुमार विष्ट, कोषाध्यक्ष सैलेश कर्माचार्य, सदस्य उपेन्द्र पौडेललगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे । नेपालगन्ज रंगशालाको कभर्डहलमा चैत २८ गतेदखि सुरु प्रतियोगतामा १ सय २९ खेलाडीले १२ स्पर्धामा प्रतिस्पर्धा गरेका थिए ।

 

खगेन्द्र दाहाल

खगेन्द्र दाहाल बुटवल अनलाइनका नेपालगञ्ज सम्बादाता हुन्

लेखक बाट थप

प्रतिक्रिया

सम्बन्धित समाचार