बुटवल, २ बैशाख ।

तराईका किसानहरु यो समय गहु भित्र्याउनमा व्यस्त छन् । खेती किसानी गर्न मानव जनशक्ति पाइदैन । त्यसको पूर्ति मेसिनरी उपकरणहरुले गर्दै आएका छन् । प्रबिधिको प्रयोग बढ्दै गएपछि लागत घटेको छ भने उत्पादन बढेको छ ।

 

आधुनिक यन्त्रीकरणको रुपमा कम्बाईन्ड हारभेष्टर खरिद गरेर पनि किसानहरु अहिले गुह खेती स्याहार्न व्यवस्त बनेको छन् । खासगरी ठुलो क्षेत्रफल रहेको स्थानमा कम्बाईन्ड हारभेष्टरको काम बढि हुन्छ । अन्तराष्ट्रिय मकै तथा गहुँ अनुसन्धान केन्द्र(सिमिट) परियोजना अन्र्तगतको सिसा परियोजनाका अनुसार नेपालमा सन् २०१८ को तथ्यांक अनुसार ६ सय ५० वटा भन्दा बढि कम्बाईन्ड हारभेष्टर किसानको खेत सम्म पुगेका छन् । यस्तो प्रबिधिको प्रयोग बढ्दै गएपछि किसानको लागत घटेको मात्रै छैन उत्पादन समेत बढेको छ ।

पछिल्लो समय किसानले समेत यसमा बढि भन्दा बढि चासो दिने गरेपछि सरकारले समेत विशेष अनुदानमा उपकरण प्रदान गर्दै आएको छ । प्रधानमन्त्री कृषि आधुनिकिरण कार्यक्रमका महानिर्देशक लक्ष्मण पौडेलले कृषकलाई आर्कषक गराउन विभिन्न उपकरणमा अनुदान दिदै आएको बताए ।

सरकारले कृषिमा यान्त्रीकरणका लागि अनुदान दिने कार्यक्रम समेत ल्याएको छ । हरेक उपकरणमा व्यक्तिगत र समूहगत रुपमा अनुदान दिने व्यवस्था गरिएको छ । जसकारण पनि प्रबिधितर्फ आकर्षण बढेको कृषि पुर्वधार विकास तथा यान्त्रीकरण प्रबद्र्धन केन्द्रका प्रमुख राजेन्द्र प्रसाद मिश्रले बताए ।

किसानको उत्पादन लागत घटाउनको लागि यान्त्रीकरणले विशेष योगदान दिदै आएको छ । यान्त्रीकरणले २० प्रतिशत उत्पादन बढाउननुको साथै लागतमा २५ प्रतिशतसम्म कम गर्ने विज्ञहरु बताउछन् । तर यन्त्रमा प्रयोग हुने उपकरण सहज नपाइदा किसानहरु मर्कामा छन् । अनुदान पहुचका आधारमा वितरण हुने गरेको गुनासो समेत किसानको छ ।

वास्तविक किसानलाई अनुदान र प्रबिधिको सहज उपलब्धता भयो भने उत्पादनमा मनग्य बृद्धि हुने निश्चित छ । तर सरकारी कार्यक्रमहरु अझै पनि पकेट क्षेत्र केन्द्रीत भएर आउन नसक्दा खाद्यन्नमा परनिर्भरताको डरलाग्दो उचाई घट्न सकेको छैन ।

बुटवल अनलाइन

लेखक बाट थप

प्रतिक्रिया

सम्बन्धित समाचार