जो १५ महिना सम्म संसदमा एक शब्द पनि बोलिनन्
  • जो प्रदेश सभामा बोल्दिनन्
  • बुटवल, २ बैशाख 

    बाँके जिल्लाको डडुुवा गाउँपालिका–२ की चिन्तावती कुुर्मी प्रदेश नं. ५ प्रदेश सभाकी सदस्य हुन । त्यति मात्रै हैन उनी प्रदेश मामिला तथा कानून समितिमा पनि छन् । तत्कालीन एमालेबाट समानुुपातिक उम्मेदवार बनेकी कुर्मी संसदको तेस्रो अधिबेशन चल्दा समेत रोष्टम उभिएर बोलेकि छैनन भने कानुन समिति समेत आफ्ना धारणा राख्ने गरेकि छैनन् ।


    जनता कुरा संसदमा उठाउने मुख्य दायित्व जनप्रतिनिधीकै भएपनि कुर्मी अहिले सम्म चुपचाप छिन । प्रदेशसभा तेस्रो अधिवेशन जारी छ । पहिलो अधिवेशनमा २२, दोस्रोमा २८ र तेस्रो अधिवेशनको हालसम्म २७ वटा बैठक बसिसकेका छन् । प्रदेश सभाका ७७ वटा बैठकले २५ भन्दा बढी विधेयक पारित पनि गरिसकेको छ ।

    प्रदेशसभा गठन भएको झण्डै १५ महिनासम्म पनि संसदमा आफ्ना कुरा राखेकी छैनन् ।संसदमा विशेष समय, शुन्य समय भनेर पनि छुटटाईन्छ । तर कुर्मी संसदमा आउने बस्ने बाहेक आफ्ना कुरा बताउँदिनन् । कुुर्मीका स्वकीय सचिव सानुु बर्माले भाषाको कारणले बोल्न समस्या भएको बताउँछिन् ।

    नेकपा संसदीय दलका प्रमुख सचेतक भूमिश्वर ढकालले आफूहरूले सबै सांसदलाई संसदमा बोल्न आग्रह गर्दै आएको बताए । ‘संसदमा शून्य समयको व्यवस्था गरेका छौं,’ प्रमुख समेत ढकालले भने, ‘अब उहाँ पनि बोल्नुहुन्छ । हामीले आग्रह पनि गरेका छौं । उहाँलाई भाषाको पनि समस्या भएर नबोल्नु भएको हो ।’
    प्रदेश मामिला तथा कानून समितिका सभापति दामाकुमारी शर्माले समितिका कुनै पनि बैठकमा कुर्मी नबोलेको बताइन् ।उनले सांसदकुर्मीले समितिको कुुनै पनि बैठकमा पनि १ शब्द पनि नबोलेको उनले बताईन । प्रदेश सभामा ८७ सांसदमध्ये ३० जना महिला सांसद छन् ।
    त्यस मध्ये प्रदेश सभामा राष्ट्रिय जनमोर्चाका तारा जिसी, संघीय समाजबादी फोरमकी सुुमन रायमाझी, राष्ट्रिय जनता पार्टीका कल्पना पाण्डे सांसद छन् । यी सांसदहरु प्रदेश सभामा भने बालिसकेका छन्।ले पनि संसदमा अनुुभव संगाल्दै बोल्न सिक्दै छन् । “नेपाली भाषा नआउने भएकाले बोल्ने समस्या भएको हो, अब उहाँ अर्को बैठकमा बोल्नुहुन्छ” स्वकीय सचिव सानुु बर्माले भनिन् ।

    बुटवल अनलाइन

    लेखक बाट थप

    प्रतिक्रिया

    सम्बन्धित समाचार