नेपालले  यू-१९ विश्वकप क्रिकेटको एसियाली छनोटमा नेपालले मलेसियामाथि ८ विकेटको जित हात पारेको छ । आज भएको खेलमा नेपालले टस जितेर पहिले फिल्डिङ रोजेको थियो। टस हारी पहिले ब्याटिङमा उत्रिएको मलेसियाको यू–१९ टोली ३३.५ ओभमा ९२ बनाउँदा अलआउट भयो।

मलेसियाका तीन जना खेलाडी बाहेक अन्यले दोहोरो अंक पनि बटुल्न सकेन । लेजात ड्यानियल फिक्रीले ३७ रन बनाए । कप्तान मोहम्मद अमिरले १३ रन बनाउँदा हकिम हरिसानले १० रन बनाए ।

९३ रनको लक्ष्य नेपाली यू–१९ टोलीले १३ ओभरमा २ विकेटको क्षतिमा ९५ रन बनाउँदै जित हात पारेको हो। नेपालको जितका लागि रित गौतमले नटआउट ३९ रन बनाए, आशिफ शेखले २६, पजन सर्राफले १६ र रोहितकुमार पौडेलले ६ रनको योगदान गरे।

मलेसियालाई झिनो स्कोरमा समेट्नेक्रममा नेपालका लागि पवन सर्राफ र कुशल मल्लले ३–३ विकेट लिए भने कमलसिं ऐरीले २ र सागर ढकालले एक विकेट लिए।

विश्वकपमा छनोट हुनका लागि अब नेपालले बाँकी सबै खेल जितेर मात्रै हुँदैन । युएईले पनि कुनै एक खेल हार्नुपर्ने हुन्छ । तर, यूएईले खेल्न बाँकी दुबै टिम कमजोर भएकाले नेपालको विश्वकप सपनामा धक्का लाग्ने खतरा छ । यूएई अहिसम्मका तीन खेलमा शतप्रतिशत जित निकाल्दै शीर्ष स्थान छ।

बुटवल अनलाइन

लेखक बाट थप

प्रतिक्रिया

सम्बन्धित समाचार