बुटवल पिसपार्कः आध्यात्मको आडमा व्यापार
  • बाहिरको लैजान पाईदैंन भित्र खुलेयाम विक्रि हुन्छ
  • बुटवल, २ बैशाख 

    सरकारी सम्पती मासेर बनाईएको पार्क जो कोहीकोलागि पनि अनुकुल हुन्छ, हुनुपर्दछ । पार्क भित्र अनैतिक क्रियाकलाप गर्ने कार्य जो कोहीलाई पनि मिनाह छैन । तर पारिवारिक रुपमा बसेर पार्क भित्र रमाईलो गर्ने, सुख, दुःखका कुरा साटासाट गर्ने, आफुले बनाएर लगेका विभिन्न परिकारहरु खान पाउनु जो कोहीको पनि अधिकार हो ।


    तर घरबाट नै विभिन्न भेज(सादा) परिकारहरु र बाहिरबाट किनेर लगेरका बुटवल–१२ ढवाहमा रहेको पिसपार्कले भने निषेध गर्ने गरेको पाईएको छ ।
    नयाँ बर्षको अवसरमा पारिवारिक रुपमा घुमकामको लागि गएका अधिकांस व्याक्तिहरुले बाहीरबाट किनेर लगेका विभिन्न पेय पदार्थ(कोकाकोला, पेप्सी, फान्टा) लगायतका परिकारहरु मुल गेटमा नै रोकेर फिर्ता पाईदिने गरेको पाइएको छ ।

    नयाँ बर्षको अवसरमा घुम्न जाने जो कोहीलाई पनि सेतो पोशाकमा रहेका ब्रह्मुकारिजहरुले फिर्ता पठाउने गरको दृश्य नयाँ बर्षको दिन स्पष्टै देखियो । झोला समेत निशेध गरेका उनीहरुले भने भित्र विभिन्न जंक फुडहरु खुलेयाम रुपमा विक्रि गरिरहेका थिए ।
    उपभोक्ता अधिकार माथी लुट मच्चाउदै ब्रह्माकुमारी र कुमारहरुले भित्र स्टल नै राखेर विभिन्न कोक, फान्डा, स्प्राईट जस्ता बस्तुहरु विक्रि गरिरहेका थिए ।

    यति मात्रै होईन बाहिर बाट कसैले लग्यो भने गेटबाट नै फिर्ता पठाईदिने गरेका चना चट्पटे भित्र खुलेयाम रुपमा विक्रि गरिरहेको देखिएको थियो ।
    सेतो पोशाकमा नै रहेर भित्र खुलेयाम रुपमा विक्रि गर्न पाईने तर बाहीरबाट पानी समेत लैजान नदिने कतिपयले सेतो कपडा भित्रको कालो धन्दाको रुपमा आंकलन गरेको बताएका थिए ।

    कुनै पनि असन कुरा लैजान पाईदैन, खान पनि पाईदैन । तर सरकारी बन लाई धार्मिक बनको रुपमा मासेर बनाइएका यि र यस्ता पार्कहरुमा उपभोक्ताहरुले बाहीरबाट विभिन्न परिकारहरु(भेज) सुख्खा विभिन्न परिकारहरु लगेर खान नपाउने उपभोक्ता अधिकार माथि नै ठाडो हस्तक्षेप भएको प्रष्ट देखिएको थियो । यसमा प्रशासनको समेत ध्यान जानु जरुरी छ ।

    यता पार्क समितिले भने कोक फेन्टामा रक्सि राखेर लैजाने भएकाले भित्र लैजान नदिएको बताएको छ । शुद्द खानेकुरा र पानी भने लैजान दिएको समितिको भनाई छ ।

    बुटवल अनलाइन

    लेखक बाट थप

    प्रतिक्रिया

    सम्बन्धित समाचार