कोहलपुर, ०२ वैशाख
आठौं राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गतको साइक्लिङ विधामा पुरुषतर्फ त्रिभुवन आर्मी क्लबका ओकेशरत्न बज्राचार्य र महिलातर्फ प्रदेश ३ की लक्ष्मी मगरले स्वर्ण पदक प्राप्त गरेका छन् ।


आर्मीका ओकेशरत्नले १ घन्टा २५ मिनेट ०९ सेकेन्डमा निर्धारित दुरी पार गर्दै स्वर्ण जिते भने आर्मीकै हिमाल टमाटाले १ घन्टा २६ मिनेट ०९ सेकेन्डमा पूरा गर्दै रजत पदक जित्न सफल भए । यस्तै गण्डकी प्रदेशका हिक्मत विकले १ घन्टा २६ मिनेट ४४ सेकेन्डमा दूरी पार गर्दै काँस्य पदक प्राप्त गरे ।
यस्तै महिलातर्फ स्वर्ण जित्न सफल लक्ष्मीले १ घन्टा २० मिनेट ५२ सेकेन्डमा दूरी पार गरिन् । गण्डकी प्रदेशकी उषा खनालले १ घन्टा ३३ मिनेट ३८ सेकेन्डमा दूरी पार गर्दै रजत जितिन् भने प्रदेश ३ की निर्जला ताम्राकाकरले १ घन्टा ३५ मिनेट ५६ सेकेन्डमा दूरी पार गर्दै काँस्य जितेको नेपाल साइक्लिङ संघ केन्द्रीय उपाध्यक्ष सुदीप पौडेलले जानकारी दिए ।


सोमबार बैजनाथ–१, गाभरमा भएको साइक्लिङ विधाअन्तर्गतको क्रसकन्ट्री ओलम्पिकमा पुरुषतर्फ ५ ल्याप र महिलातर्फ ४ ल्यापमा प्रतियोगिता गराइएको थियो ।
उत्कृष्ट खेलाडीहरुलाई प्रदेश ५ सांसद आइपि खरेल, प्रदेश ५ खेलकुद विकास समिति अध्यक्ष भीम ओलीलगायतले मेडल, प्रमाणपत्र र मायाको चिनो प्रदान गरे ।

खगेन्द्र दाहाल

खगेन्द्र दाहाल बुटवल अनलाइनका नेपालगञ्ज सम्बादाता हुन्

लेखक बाट थप

प्रतिक्रिया

सम्बन्धित समाचार