गुल्मीमा गाउँ गाउँमै निःशुल्क स्वास्थ्य शिविर, स्थानीय सरकारको अनुभुत गर्दै नागरिक - Butwal Online

हुमाकान्त पोखरेल
गुल्मी,०२ वैशाख / जिल्ला सदरमुकाम तम्घासबाट ३९ किलोमिटर पश्चिममा मदाने गाउँपालिका । सदरमुकामबाट ५ किलोमिटर पिच सडक छ । त्यसपछि धुर्कोटसम्म ग्राभेल सडक छ । तर धुर्कोट र मदाने जोड्ने पनाहा खोलाको पुलबाट मदाने गाउँपालिकाको क्षेत्र सुरु हुन्छ । जहाँ बाटो, पानी, विद्युत लगायतका धेरै विकासका पूर्वाधारको विकास भइसकेको छैन ।



गाउँपालिकाको केन्द्र पुर्कोट दहबाट सबभन्दा टाढाको गाउँ वडा नम्बर १ अग्लुङ २९ किलोमिटर टाढा पर्छ । अग्लुङका नागरिक सदरमुकाम तम्घास आउनुपरे जीपमा ६५० भाडा तिरी ६ घण्टाको यात्रा गर्नुपर्छ । यस्तो ठाउँमा मदाने गाउँपालिकाले गाउँमै निःशुल्क स्वास्थ्य शिविर सम्पन्न ग¥र्यो । जसले गर्दा धेरै नागरिकलाई स्वास्थ्यको क्षेत्रमा राहात मिलेको छ । गाउँमै निःशुल्क स्वास्थ्य सेवा पाउदा स्थानीय खुसि भएका छन् । मदाने गाउँपालिकाले आयोजना गरेको स्वास्थ्य शिविरमा मदानेका साथसाथै धुर्कोट, मालिका, इस्मा, प्युठानको गौमुखी लगायतका क्षेत्रबाट नागरिकले जाचँ गराएको गाउँपालिकाका सुचना अधिकारी ऋषिराम पोखरेलले जानकारी दिए ।

२१ जना डाक्टरद्धारा उपचार
बरिष्ठ सर्जन डाक्टर भुवन पौडेलको नेतृत्वमा १७ जना विशेषज्ञ डाक्टर, तीनजना मेडिकल अफिसर र एकजना फार्मेसी गरी कुल २१ जडा डाक्टरहरु शिविरमा संलग्न थिए । शिविरमा नाक, कान, घाँटी, भिडियो एक्सरे, मुटु रोग, बालरोग, छाला, हाडजोर्नी, आँखा, मानसिक तथा नशासम्बन्धी रोग लगायतको जाचँ गरिएको थियो ।

‘यहि औषधी लिन तम्घास जाँदा धरै रकम खर्च हुन्थ्यो, समय पनि बढी लाग्थ्यो ।’ औषधी लिएपछि मदाने गाउँपालिकाकी चन्दकला भुसालले भनिन्, ‘शिविरले हामिजस्ता ग्रामिण भेगका नागरिकलाई धेरै राहात मिलेको छ ।’ मदाने गाउँपालिका १ अग्लुङका बासुदेव चन्द ढाड र घुँडा दुख्ने समस्याको समाधान खोज्न शिविरमा आए ।

शिविरमा निःशुल्क औषधी पाएपछि शिविर आयोजना गर्ने गाउँपालिका र उपचार गर्ने डाक्टरहरुप्रति धन्यवाद दिए । ‘न्यूनतम पनि तम्घास जाँदा–आउदाँ पैसा र समय बढी खर्चनुपथ्र्यो ।’ उनले भने, ‘बल्ल स्थानीय सरकार भएको अनुभव हुन थालेको छ ।’ त्यसका साथै उनले आगामी दिनमा मदाने गाउँपालिकामै सुविधासम्पन्न अस्पताल खोलेमा धेरै नागरिक लाभाम्बित हुने सुझाव दिए ।

शिविरमा पुरुषभन्दा महिला बढी
चैत्र ३० र वैशाख १ गते गरी दुईदिनसम्म सञ्चालन भएको स्वास्थ्य शिविरमा पुरुषभन्दा बढी महिलाले सेवा लिएका छन् । दुईसम्म कुल दुई हजार ६३७ जनाले सेवा लिए । जसमध्ये एक हजार ६० पुरुष र एक हजार ५७७ महिलाले सेवा लिएका छन् । पहिलो दिन जम्मा एक हजार ५१० जनाले सेवा लिए ।

जसमध्ये ६३९ जना पुरुष र ८७१ महिलाले सेवा लिएको गाउँपाकिाका प्रमुख प्रशासकिय अधिकृत शुरेश भण्डारीले जानकारी दिए । दोस्रो दिन वैशाख १ गते पुरुष ४२१ पुरुष र ७०६ महिला गरी कुल एक हजार १२७ जनाले सेवा लिएको भण्डारीले जानकारी दिए । शिविरमा कुल १९६ जनाले भिडियो एक्सरे तथा ३०१ जनाले इसिजी सेवा लिएको गाउँपालिकाले जनाएको छ । मदाने गाउँपालिका प्रमुख दान बहादुर केसीले जनताको स्वास्थ्यसम्बन्धी अधिकार प्रत्याभुत गराउन शिविरको आयोजना गरिएको बताए । ‘संविधानमा नै जनताले स्वास्थ्य सेवा अधिकार उल्लेख गरिएको छ ।’ उनले भने, ‘त्यसैलाई पुरा गर्न र स्थानीय सरकारको प्रत्याभुत गराउन शिविरको आयोजना गरेका हौँ ।’

हुमाकान्त पोखरेल

हुमाकान्त पोखरेल बुटवल अनलाइनका गुल्मी सम्बादाता हुन्

लेखक बाट थप

प्रतिक्रिया

सम्बन्धित समाचार