एकसय ५० तोला सुन सहित गुप्ता पक्राउ - Butwal Online
एकसय ५० तोला सुन सहित गुप्ता पक्राउ

गणेश आचार्य
दाङ ३, वैशाख/  प्रहरीले करिब एकसय ५० तोला सुन सहित एकजनालाई पक्राउ गरेको छ । तुलसीपुर उपमहानगरपालिका वडा नम्वर ५ का तुलसीराम गुप्ता(६९)लाई उनकै घरबाट इप्रका तुलसीपुरले सुन सहित पक्राउ गरेको हो ।

 

प्रहरी स्रोतका अनुसार गुप्ताले सुन धरौटी राखेर ३० प्रतिशत ब्याजमा पैसा दिने गरेको उजुरी परेपछी प्रहरीले गएराती उनको घरमा छापा मारेको थियो । घर खानतलासी गर्दा दुईसय ६ जनाको करिब सुन धरौटी राखेर पैसा दिएको केही कागजात सहित सुन फेला परेको हो ।
प्रहरी स्रोतका अनुसार सुन एकसय ५० तोला भन्दा धेरै छ भने गुप्ताले उक्त सुन धरौटी राखेर तीन करोड भन्दा बढी पैसा लगानी गरेका छन् ।

यसरी चर्को ब्याजमा सुन धरौटी राखेर पैसा लगानी गर्नु कानुनी रुपमा ठगी मानिन्छ ।
इप्रका तुलसीपुरका प्रमुख डीएसपी प्रेम शाही गुप्ता पक्राउ प्रकरणका बारेमा केही खुल्न चाहेनन् । उनले भने,‘यस बिषयमापछी कुरा गरौँला ।’ गुप्तालाई इप्रका तुलसीपुरको हिरासतमा राखिएको छ । गुप्ताले तुलसीपुरको ‘क’लाइनमा फोटो स्टुडियोको व्यवसाय गर्दै आएका छन् ।

गणेश आचार्य

गणेश आचार्य बुटवल अनलाइनका दाङ सम्बादाता हुन्

लेखक बाट थप

प्रतिक्रिया

सम्बन्धित समाचार