सरकारी सम्पत्ती दुरुपयोग गर्ने जो कोहीलाई पानीमुनी गएपनि छोडीन्नः मन्त्री बास्कोटा (भिडियो) - Butwal Online

बुटवल, ३ बैशाख

नेपाल सरकारका सूचना प्रविधि तथा सञ्चार मन्त्री गोकुल प्रसाद बास्कोटाले सरकारको एक बर्ष नव निर्माणको आधारशिला खडा भएको बताएका छन् ।

उनले सरकार विकासका मुद्धामा केन्द्रीत रहेको भन्दै गरिबीलाई घटाउने योजानमा सरकारले आफ्नो कार्य अगाडी बढाईरहेको बताए । उनले भने–‘अव हामी निरधक्क भएर अगाडी बढेका छौ, यसमा कुनै पनि रोकतोक छैन, आलोचन गर्नु अधिकार हो आलोचना भैरहन्छ, हामी काम अगाडी बढाईरहन्छौं ।’

मणिग्राममा आयोजना गरिएको सञ्चारकर्मीहरुसंगको भेटघाटमा मन्त्री बास्कोटाले सरकारको आलोचना भयंकर रुपमा गर्नको लागि समेत छुट भएको बताए । उनले भने–‘सरकारको आलोचना गर्न छुट छ, स्वागत पनि छ ।’
सरकार आलोचनाबाट नै अगाडी बढ्ने भन्दै मन्त्री बास्कोटाले सरकारका राम्रो काम बाहीर ल्याउनको लागि समेत मिडिया क्षेत्रलाई आग्रह गरे ।


नयाँ भिजनको साथ अगाडी बढिरहेको सरकारले लगानी सम्मेलनमार्फत७७ वटा योजानमा २४ खरब रुपैयाँ बारबरको लगानीको प्रस्ताव आउनु आफैमा राम्रो पक्ष भएको दावि गरे ।

एक बर्षलाई सरकारले नव निर्माणको बर्षको रुपमा लिएको भन्दै मन्त्री बास्कोटाले यसलाई आत्मसाथ गरेर अगाडी बढ्ने समेत बताए ।
चुनौतिलाई आत्मसाथ गर्दै अगाडी बढिरहेको सरकार भएको कारण केही नयाँ काम गर्न खोज्दा आलोचना सहुनुपर्ने समेत बताए ।
पहिला सुरुङ्ग मार्ग, रेल मार्गका कुरा गर्दा हासो मजागमा उडाउने गरेको भन्दै मन्त्री बास्कोटाले अहिले आवश्यकता हो र ? भन्ने बहसको सुरुवात भएको बताए ।

जनताको आवश्यकता अनुसारका विकास निर्माणका कार्य निरन्तर अगाडी बढ्ने उनको तर्क रहेको थियो ।
बालुवाटार जग्गा प्रकरणको विषयमा मन्त्री बास्कोटाले सरकारी सम्पत्तीको दुरुपयोग गर्ने छुट कसैलाई पनि नभएको भन्दै मन्त्री बास्कोटाले पद वा बरियाता कसैले पनि कारवाही गर्न नछेक्ने बताए । उनले भने–‘सरकारी सम्पत्ती दुरुपयोग गर्ने भुमाफीयाहरु या जो कोही पनि कुनै पनि राजनीतिक दल वा बरियातले कारवाही गर्न छेक्दैन, सरकारी सम्पत्ती रक्षा गर्ने दायित्व सरकारको हो त्यो गरेर छोड्छ ।

बुटवल अनलाइन

लेखक बाट थप

प्रतिक्रिया

सम्बन्धित समाचार