लुम्बिनी राइजिङ स्टार सिजन तिनको तयारी शुरु

बुटवल ४, बैशाख

लुम्बिनी सामुदायिक टेलिभिजनले विगतदेखि नै संचालन गर्दै आएको गायन प्रतियोगिता लुम्बिनी राइजिङ स्टार सिजन तिनको तयारी शुरु गरेको छ ।

पहिलो र दोस्रो सिजनको सफलता पूर्वक सम्पन्न गरेको टेलिभिजनले तेश्रो सिजनलाई कसरी थप आकर्षक बनाउन सकिन्छ भन्ने उद्देश्यले लोक कला र संस्कृतिको जगेर्नाको क्षेत्रमा कार्यरत कलाकारहरुसंग मंगलबार छलफल गरेको छ । छलफलमा सहभागि कलाप्रेमीहरुले कला र संस्कृतिलाइ प्राथमिकता दिंदै टेलिभिजनले खेलेको भुमिका प्रति धन्यवाद व्यक्त गरे । सहभागिहरुले स्थानीय स्तरका कलाकारहरुको छनोट गरि उनिहरुको कलाको पहिचान हुने गरि अगाडी बढ्नु आवश्यक रहेको बताए ।

बिभिन्न स्थानिय ठाउंहरुमा लुकेर रहेका कलाकारहरुको प्रतिभाको खोजि गरि ति उनिहरुलाई प्रोत्साहन गर्नुपर्ने बताए । टेलिभिजनले गत बर्ष झै यस बर्षपनि कलाकारहरुको उचित मुल्यांकन गर्दै यस कार्यक्रमलाइ अगाडी बढाएको उचित खालको पुरस्कार राखिएको टेलिभिजनका महासचिव दिनेश पाण्डेले जानकारी दिए । टेलिभिजनले उक्त प्रतियोगिताको लागि सहभागि फारम वितरण गरिएको जानकारी दिएको छ ।

बुटवल अनलाइन

लेखक बाट थप

प्रतिक्रिया

सम्बन्धित समाचार